वीरगञ्जमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (१ हप्ता अघि)
  • ३४ पटक पढिएको
वीरगञ्जमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

वीरगञ्ज, १८ जेठ। वीरगञ्जमा आफ्नै श्रीमतीको क्रूरतापूर्वक हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–७ घर भई हाल वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने ४५ वर्षीय रामनारायण दास तत्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार गत जेठ १४ गते बेलुकी करिब ७:१० बजेको समयमा रामनारायणले मादक पदार्थ (मदिरा) सेवन गरी आफ्नी ४२ वर्षीय श्रीमती हलसिया कुमारी देवीलाई फलामको गलले टाउको लगायत शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरे लगत्तै उनी फरार भएका थिए ।

घटनापश्चात् जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले प्राविधिक तथा स्थलगत अनुसन्धान सुरु गरेको थियो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वय र सहयोगमा जेठ १६ गते दिउँसो करिब १२:०० बजेको समयमा उनलाई महोत्तरीको रामगोपालपुर नगरपालिका–७ स्थित लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका रामनारायण दास तत्मामाथि कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस