
वीरगन्ज, १९ असार। वीरगन्जकाे यातायात व्यवस्था कार्यालय नजिक रहेकाे टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयमा छापा मारेको हो ।
उक्त माेटरसाइकल कम्पनीको कार्यालयबाट शंकास्पद गतिविधिहरु हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेर त्यहाँ कार्त एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए ।
प्रहरीले टीभीएस मोटरसाईकल कम्पनीको कार्यालयबाट कागजातहरु पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । नियन्त्रणमा लिईएको कागजात र कर्मचारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी गरिएको प्रहरी निरीक्षक मगरले बताए ।
