वीरगञ्ज महानगरपालिकाका मेयर सिंह पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १९, मंगलबार (१ हप्ता अघि)
  • ५५ पटक पढिएको
वीरगञ्ज महानगरपालिकाका मेयर सिंह पक्राउ

वीरगञ्ज, १९ जेठ। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

उनी पर्साको ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।

पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।

मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस