वैदेशिक रोजगारीको झूटो आश्वासन दिँदै लाखौँ ठगी, मुख्य आरोपी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ३०, शुक्रबार (१६ घण्टा अघि)
  • ६९ पटक पढिएको
वैदेशिक रोजगारीको झूटो आश्वासन दिँदै लाखौँ ठगी, मुख्य आरोपी पक्राउ

रौतहट,३० असोज।  आकर्षक तलवको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सात जनाबाट ८१ लाख ५० हजार रकम ठगी गरेको आरोपमा फरार रहेका मुख्य आरोपी काठमाडौंबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएका सूचना अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–२ बलाहाका ४० वर्षीय सहाबुद्दिन शेखलाई प्रहरीले पक्राउ गरेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २७ गते काठमाडौं महानगरपालिका–१६, नयाँ बजारबाट पक्राउ गरिएको प्रहरीले जनाए ।

मुख्य आरोपी शेख सहित चार जनाले शेख दरखासिद अनवरले सात जनालाई वैदेशिक रोजगारीमा पठाई राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै झुटो प्रलोभन देखाएका थिए । उनीहरूले पीडितहरूलाई विश्वासमा पारी मोबाइल बैंकिङ तथा बैंकिङ कारोबार मार्फत ८१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पीडितहरुले दिएको ठगी सम्बन्धी जाहेरीका आधारमा अनुसन्धान अघि बढेपछि घटनामा संलग्न मुख्य आरोपी फरार रहेका थिए । प्रहरीले उनलाई पक्राउ गरेपछि घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस