
रौतहट ,१३ असोज। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्।
मंगलबार यादवले साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पछिल्लो समय पार्टीमा कार्यकर्तालाई ‘दास र नोकर’को जस्तो व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन्।
पार्टीको नीति, नियम, विधान र सिद्धान्तविपरीत गतिविधि हुँदै गएको भन्दै आफू बाध्य भएर पार्टीबाट अलग हुने निर्णयमा पुगेको यादवले बताएका छन्।
यादवले पार्टी परित्याग गरेपनि अब कसरी अघि बढ्ने भन्नेबारे भने केही खुलाएका छैनन् ।
