श्रमिकलाई दसैँ भत्ता दिन सरकारको पहल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २७, मंगलबार (१५ घण्टा अघि)
  • ७७ पटक पढिएको
श्रमिकलाई दसैँ भत्ता दिन सरकारको पहल

काठमाडौं,२७ असोज।  सरकारले श्रमिकलाई कानुनबमोजिम चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन निजी क्षेत्रका छाता संगठनलाई पत्राचार गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योगी–व्यवसायी तथा निजी विद्यालयका छाता संघ–संस्थालाई पत्राचार गर्दै आफ्ना श्रमिकलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको हो ।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिकबराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी अधिकार रहेको छ ।

विभागले २६ असोजमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई पत्राचार गरी निजी विद्यालयका शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न पत्राचार गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस