सांसद पौडेलमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • ४५ पटक पढिएको
सांसद पौडेलमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट, १४ साउन। प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सार्वजनिक कार्यक्रममा सकेर घरफर्कने क्रममा कालोमसी छयापेर दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले घटना भएको सात दिन पछि दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–३ घर भई वडा नं. ७ धनाडी बस्ने २० वर्षीय शेख इर्फान र सोही नगरपालिका वडा नं. ३ गहिरियाका १९ वर्षीय ईर्फान अन्सारी रहेका छन ।

प्रहरीका अनुसार गएको साउन ७ गते दिउँसो गढीमाई नगरपालिका–७ पर्सास्थित मन्दिर परिसरमा प्रतिनिधि सभा सदस्य पौडेल सहित रास्वपाका कार्यकर्ताहरुले स्थानीय बासिन्दासँग गुनासो सुनुवाइ गरेर घर फर्कने क्रममा मधेश मुक्ति अभियान नामक समूहले उनीमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोप रहेको छ । घटना लगत्तै उनीहरू मधेश मुक्ति अभियान जिन्दाबाद लेखिएका नारासहितका पर्चा घटनास्थलमा फालेर फरार भएका थिए ।

घटना घटेको सातौँ दिनमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका दुवै जनामाथि अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एबम प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक छानबिन भइरहेको छ । घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको समेत तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस