सांसद सुनार प्रकरणमा रास्वपा अनुशासन आयोगको छानबिन सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २७, मंगलबार (१४ घण्टा अघि)
  • ५६ पटक पढिएको
सांसद सुनार प्रकरणमा रास्वपा अनुशासन आयोगको छानबिन सुरु

काठमाडौँ ,२७ असोज। एक महिलासँगको अश्लील र आपत्तिजनक अडियो बाहिरिएपछि रास्वपा सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन् ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएको बताएका छन् । यस विषयमा सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको पनि उनले बताएका छन् ।

यसै सन्दर्भमा रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईसँग कान्तिपुरका दशरथ राईले गरेको संक्षिप्त कुराकानी :

रास्वपाका सांसद खगेन्द्र सुनारको विवादित अडियो सार्वजनिक भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

हामीले पनि सामाजिक सञ्जाल र मिडियामा आएपछि थाहा पाएका हौं । अहिले प्रारम्भिक छानबिन सुरु भइसकेको छ । तर, यो विषय निकै गम्भीर छ भनेर बुझ्दा हुन्छ ।

छानबिनका क्रममा उहाँसँग सम्पर्क भयो ?

अनुशासन आयोगको आफ्नै प्रक्रिया, नियमावली, विधान र आचारसंहिता छन् । तिनका आधारमा छानबिन सुरु भइसकेको छ । अनुसन्धान प्रक्रियागत हुने भएकाले उहाँको पनि प्रतिक्रिया लिन्छौं । अहिले यी विषयलाई गम्भीरतापूर्वक लिएकाले नै छानबिन सुरु गरिसकेका छौं । उहाँ कति छिटो सम्पर्कमा आउनुहुन्छ, त्यसअनुसार पनि निष्कर्षको समय निर्धारण हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस