सिरहाबाट साढे १५ लाखका अवैध सामान बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २, शनिबार (१४ घण्टा अघि)
  • ८ पटक पढिएको
सिरहाबाट साढे १५ लाखका अवैध सामान बरामद

सिरहा, ०२ साउन। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरूमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा अवैध रूपमा भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार साउन १ गते किराना सामग्री, कपडा, मोटरसाइकल, मदिरा तथा विभिन्न पेय पदार्थ गरी रु. १५ लाख ४८ हजार ८७० बराबरका सामान बरामद गरिएको हो।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको एसपी थापाले जानकारी दिए।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा राजस्व छली नियन्त्रणका लागि नियमित रूपमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस