सिरहामा अवैध कारोबारविरुद्ध कारबाही, १४ लाख मूल्यका सामान नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २३, मंगलबार (१० घण्टा अघि)
  • ३६ पटक पढिएको
सिरहामा अवैध कारोबारविरुद्ध कारबाही, १४ लाख मूल्यका सामान नियन्त्रणमा

सिरहा, २३ असार। सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, इलेक्ट्रिक सामान, किराना सामग्री तथा डिजेल बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित रूपमा निगरानी र जाँचलाई प्रभावकारी बनाएको बताए ।

उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि निगरानी थप कडा बनाइने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस