सुनको मूल्य फेरि बढ्यो, नयाँ भाउ सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २५, आईतबार (१३ घण्टा अघि)
  • ४० पटक पढिएको
सुनको मूल्य फेरि बढ्यो, नयाँ भाउ सार्वजनिक

रौतहट,२५ असोज।  आज सुन-चाँदीको भाउ बढेको छ।  शुक्रबार तोलामा दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार ४० पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस