सुरक्षा संयन्त्रको कमजोरी र राजनीतिक ध्रुवीकरणले लोकतान्त्रिक संस्था कमजोर : अन्सारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३, आईतबार (१९ घण्टा अघि)
  • २३ पटक पढिएको
सुरक्षा संयन्त्रको कमजोरी र राजनीतिक ध्रुवीकरणले लोकतान्त्रिक संस्था कमजोर : अन्सारी

वीरगञ्ज, ०३ जेठ। जेनजी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताएका छन्।

अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमै क्षय हुँदै गएको धारणा व्यक्त गरे। अन्सारीकाअनुसार लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ।

उनले गत वर्षको २३ गतेको आन्दोलन शुरुमा सरकार ढाल्ने नियतले नभई अनियमितता विरुद्ध र राज्यको न्युनतम जवाफदेहिता खोज्नका लागि मात्र भएको स्पष्ट पारे।

संविधान निर्माणपछिको एक दशक पुराना राजनीतिक दलहरूकै वर्चश्व रहेका कारण नयाँ र वैकल्पिक बहसहरू मूलधारमा आउन नसकेको उनको तर्क छ।

२३ गतेको घटनापछि पुराना दलहरू एक कीसिमले विस्थापित हुँदा नयाँ बहस शुरु भए पनि सामाजिक सञ्जालमा देखिएको ‘झोले’, ‘सुल्फे’ वा  ‘खरानी’ जस्ता गालीगलौज र चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थाहरूलाई थप कमजोर बनाएको उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस