
सिरहा,२७ असोज। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति ११ बजे गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र महेशवारीबाट संयुक्त प्रहरी टोलीले खटिएको थियो । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार गाँजा सहित ४३ वर्षीय जगदिश यादवलाई पक्राउ परेका हुन् ।
टोलीले कल्याणपुरस्थित यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा राखिएको अवस्थामा गाँजा फेला परेको जनाएको छ। बरामद गाँजा सहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
