प्रदीप दास । चैत्र २२ गते ।
नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा ।
धन्यवाद , मेरो व्यक्तिगत तर्फबाट तपाईलाई अनि तपाईको वर्तमानकाल दैनिक पत्रिकाको होलटिमलाई ।
प्रश्न नम्बर (०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस ।
(मेरो नाम अरबिन्द कुमार यादव हो। मेरो कटहरिया नगरपालिका वडा नम्बर ( ८ हो। साबिक गाविस पिपरा पोखरिया वडा नम्बर ( ३ मा हो । म अहिले जनता समाजवादी पार्टीमा आवद्ध भएर काम गर्दैछु । म कटहरिया नगरपालिकाको वडा नम्बर (८ को प्रत्यासी वडाध्यक्ष पनि छु ।
प्रश्न नम्बर (०२ तपाई वडा प्रत्याशी हुनुहुन्थ्यो ,जनताको कति विश्वाश पाउनुभयो रु
( मैले भन्नुपर्दा तत्कालिन मधेशी जनाधिकार फोरम मशाल छापबाट वडा प्रत्यासीमा चुनाव लडेको थिए ।
प्रश्न नम्बर (०३ स्थानीय चुनावमा तपाई कति मत प्राप्त गर्नुभयो रु
(मैले स्थानीय चुनावमा २९९ मत प्राप्त गरेको थिए ।
प्रश्न नम्बर (०४ तपाई वडाध्यक्षको दौरान कतियौ स्थान ओगट्नु भएको थियो रु
( मैले २९९ मत हासिल गरेर तेश्रो स्थान ओगटेको थिए । अहिलेको वडाध्यक्ष चाहि ४ सय ९ जति मत ल्याएको थियो अनि दोश्रो उम्मेदवारले ३ सय १६ मत ल्याएको थियो ।
प्रश्न नम्बर ( ०५ तपाईको प्रतिद्वन्दी भन्नु पर्दा , अहिलेको वडाध्यक्ष कति मत ल्याएर विजयी हासिल गर्नु भएको हो रु
(अहिलेको वडाध्यक्ष चाहि ४ सय ९ जति मत ल्याएको थियो अनि दोश्रो उम्मेदवारले ३ सय १६ मत ल्याएको थियो । मैले २९९ मत हासिल गरेर तेश्रो स्थान ओगटेको थिए ।
प्रश्न नम्बर (०६ स्थानीय चुनाव पछि वडाको विकाशको विषयमा तपाईको विश्लेषण के छ रु
(अब हामिले सोचेको जस्तो त हुदैन किनभने वडा प्रत्यासी छौ , वडाध्यक्षमा जितेका व्यक्तिले सबैलाई एक ठाउँमा समेटेर गयो भने त आफै समाजको बिकाश हुन्छ ,तर त्यस्तो छैन ,विकासको कुरा गर्दा खेरि अलि(अलि त भई नै रहेको छ जनताले चाहेको जति बिकाश भएको देखिदैन।
प्रश्न नम्बर (०७ तपाईको वडामा शिक्षामा सुधार भएको देखिदैन , तपाई के गर्दै हुनुहुन्छ रु
(शिक्षामा सुधार गर्नका लागि राम्रोसंग व्यवस्थापन समितिलाई नया चयन गर्नुपर्छ । शिक्षामा सबैको चाहना र पहुँच हुने खालका शिक्षा सम्बन्धि जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्नु पर्छ।
प्रश्न नम्बर (०८ तपाई अहिले कुन पेशामा आवद्ध हुनुहुन्छ रु
( म त अहिले राजनीति पेशामै आवद्ध भएर जनताहरुको सेवामा लागेको छु।
प्रश्न नम्बर (०९ तपाईलाई यति धेरै जनताहरुले मत दिनुभयो ,वहाँहरुलाई पखाँ लागाई भिन्दै पेशामा त् लग्नु भएको छैन रु
(म के भन्न चाहन्छु भने ,मलाई चाहनु हुने सबैमा र मत दिने, सपोर्ट गर्ने सबैलाई मन मुटु देखि नै धन्यवाद दिन चाहन्छु , किनभने वाहाँहरु मलाई यति धेरै मत दिएर हौसला बढाउनु भएको हो आगामी दिनमा पनि यस्तै आफ्नो घरको सदस्य मानेर फेरी पनि सपोर्ट गर्नु हुन्छ भने मलाई विश्वाश छ । म राजनीति क्षेत्रमै रही आफ्नो समाजलाइ सेवा गरिरहने प्रतिवद्धता गर्दछु ।
प्रश्न नम्बर (१० अन्त्यमा तपाई जनताहरु समक्ष आफ्नो दुई शव्द राखन चाहनुहुन्छ रु
( म वहाँहरुलाई सर्वप्रथम हृदय देखि नै धन्यवाद दिन चाहन्छु । फेरी पनि आगामी दिनमा मेरो आशा र पलाएको विश्वासलाई न तोडी दिनुहुन् आग्रह गर्न चाहन्छु। म यदि अघि बढे भने आफ्नो समाजलाई स्वर्ग बनाउने सोच राखेको छु । यो म स्पष्ट भन्न खोजि रहेछु । मलाई पनि समाजलाई इमान्दारिताका साथ् सेवा गर्न मन छ र जति सकेपनि यस पालि गरेरै देखाउने छु ।
हवस्त। तपाईलाई धेरै धेरै धन्यवाद । हाम्रो यो वर्तमानकाल दैनिकको बिशेष सम्बादमा तपाई आफ्नो बहुमुल्य समय दिनु भएकोमा ।
धन्यवाद , प्रदीप जी तपाईलाई अनि तपाईको यो वर्तमानकाल दैनिकको होल टिमलाई , जुन मेरो मनको दुई शव्द जनताहरुको माझ राख्न मौका दिनु भएको मा ।
नमस्कार, धन्यवाद।