सागर संगम ठाकुर । रौतहट चैत ३० गते ।
रौतहटको कटहरियामा दुर्गापुजा समिती द्धारा प्रत्येक बर्ष गरिदै आएका चैती दशैं पुजा आज देखि शुरु भएको छ ।
जिल्लाको चर्चित बजार कटहरियामा अवस्थीत बौधीमाई मन्दिरको प्राङ्गणमा दुर्गा पुजा हुन लागेको दुर्गा पुजा साितीले जनाएको छ ।
प्रत्येक बर्ष चन्दा संकलन गरि स्थानियहरुले पुजा पाठ गरि मेला लगाउदै आएका छन, यसपालि पनि पुजापाठ गरि मेला लगाउने त्यारी गरिएको समितीका सदस्यहरुले बताएका छन ।
लामो समय देखि कटहरियाको बौधीमाई मन्दिरको प्राङ्गणमा हुदै आएको पुजा आज चैत ३१ गते देखि शुरु हुदै छ ।
आज मंगलबारका दिन घटस्थापन अर्थात नवरात्री परेको छ । घटस्थापन भएकाले कलश यात्रा निकालिने समितीले जनाएको छ। आजको कलश यात्रामा कुमारी कन्याहरु सहभागी भएका छन ।
सात बजेको समयमा कटहरियाको बैेधीमाई मन्दिरको प्राङ्गणबाट निस्कीने कुमारी कन्याहको कलश यात्रा लाल बकैया नदीबाट जल भरी यज्ञ स्थलमा पहुचेका थिए ।
असोज महिनाको जस्तै भक्तजनहरुले पुजापाठ गर्ने गरेको समितीले बताउनु भयो ।
असोज महिनामा हुने दुर्गा पुजा जस्तै चैती नवमीमा पनि माता दुर्गाको मुर्ती बनाई मेला लगाउने गरेको समितीका सदस्यहरुले जनाएको छ। ।
घटस्थापन सुरु भएकोे दिन देखि श्रदालु भक्तजनहरुले बिहान र बेलुका दिप प्रज्जवलन गरि पुजापाठ गरिने गर्दछन ।
असोज महिनामा हुने नवमी पुजामा भाकल पुरा गर्न नसेका भक्तजनहरुले यो महिना हुने चैती दशै अर्थात चैती नवमीमा पुजापाठ गरि बली चढाउने चलन रहेको जानकारहरुले बताएका छन ।
पुजाको लागि भब्य त्यारी भईरहेको र त्यसको लागि तिब्र गतिमा मुर्तिकारहरुले मुर्ति बनाउन लागेको समितीका सचिब अनिल अर्याल ले बताउनु भयो ।
मन्दिरमा श्रदालु भक्तजनहरुको लागि पुजा गर्नको लागि ब्यवस्थापन राम्रो संग गरिएको समितीका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयो ।
मेलामा बिभिन्न खेल तमासा समेत मगाउने त्यारी गरिएको समितीले जनाएको छ । यसपालिको पुजा र मेलामा करिब ४ लाख रुपैया खर्च हुने समितीका सदस्यहरुले जानकारी दिनु भयो ।
कटहरियाका नगरबासीले पुजा र मेलाको आयोजना गरेको मेला समितीले जनकारी दिनु भयो ।