मौलापुरमा तस्करी नियन्त्रणमा सुधार, प्रहरीको सक्रियता, स्थानीयद्वारा प्रशंसा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८३ श्रावण २८, बिहिबार (१३ घण्टा अघि)
  • ३३९ पटक पढिएको
मौलापुरमा तस्करी नियन्त्रणमा सुधार, प्रहरीको सक्रियता, स्थानीयद्वारा प्रशंसा

कृष्ण तिवारी ,
रौतहट २८ साउन ।
रौतहटको इलाका प्रहरी कार्यालय मौलापुरमा चोरी पैठारी तथा तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको स्थानीयले बताएका छन्।
स्थानीयले प्रहरीको सक्रियता अझ निरन्तर रहनुपर्ने बताउँदै मौलापुर क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको मेहनत प्रशंसनीय रहेको बताएका छन्। इलाका प्रहरी कार्यालय मौलापुरलाई बदनाम गराउने उद्देश्यले प्रहरी संगठनभित्रकै केही तत्व सक्रिय रहेको प्रहरी निरीक्षक भरत केसीले बताएका छन्।

उनी अनुसार कार्यालयले आफ्नो जिम्मेवारीअनुसार शान्ति–सुरक्षा कायम गर्न तथा अवैध गतिविधि नियन्त्रणमा सक्रियता बढाएपछि केही व्यक्तिहरूले प्रहरी कार्यालय र कर्मचारीको छवि धुमिल्याउने प्रयास गरिरहेका छन्।
आफू सीमा क्षेत्रमा नरहेको र आफ्नो कार्यक्षेत्रबाट सीमा क्षेत्र करिब आठ–नौ किलोमिटर टाढा रहेको बताएका छन्।
प्रहरी निरीक्षक केसीले प्रहरी कर्मचारीमाथि लगाइने आरोप प्रमाणसहित पुष्टि हुनुपर्ने बताउँदै गलत सूचना वा व्यक्तिगत स्वार्थका आधारमा प्रहरी संगठनलाई बदनाम गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।

स्थानीयका अनुसार इलाका प्रहरी कार्यालय मौलापुरले रातदिन खटि मौलापुर क्षेत्रको शान्ति–सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूको नियमित गस्ती तथा निगरानीका कारण विगतको तुलनामा चोरी–पैठारी र तस्करीका गतिविधिमा कमी आएको स्थानीयको भनाइ छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस