चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, नेपालतर्फ करिब १०० नागरिक बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (१ महिना अघि)
  • १३० पटक पढिएको
चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, नेपालतर्फ करिब १०० नागरिक बेपत्ता

काठमाडौ, ११ भदौ। चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा आइपुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् ।

बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्र करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।

चीनतर्फ भने बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको, ५५८ जना बेपत्ता रहेको र २ जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो ।

चीनले बाढी प्रभावित क्षेत्रमा उद्दधारका काम तीव्र बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस