सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता यादव पक्राउ

  • / अपराध /
  • २०८३ श्रावण २७, बुधबार (२ घण्टा अघि)
  • ८३ पटक पढिएको
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता यादव पक्राउ

वर्तमानकाल सम्वाददाता
साउन २७ गते ।
सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गरुडा नगर सभापति रविन्द्र यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एकअर्काविरुद्ध आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गर्ने क्रम बढिरहेका बेला रास्वपा नेताको पक्राउले गरुडा सहित रौतहटमा चर्चा पाएको छ।

पक्राउ परेका यादव आगामी स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदका लागि दाबेदारी प्रस्तुत गर्दै आएका नेताका रूपमा समेत चिनिन्छन्।

यादवमाथि लागेको आरोप पुष्टि भइसकेको छैन। प्रहरीले अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस