रौशन चौधरी । बैशाख २० गते रौतहट
नागरिक अधिकारको निर्वाधरुपमा उपयोग गर्ने वातावरणका लागि प्रेस स्वतन्त्रता भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल पत्रकार महासंघ रौतहटले सोमबार महासंघको सभा हलमा भव्य रुपमा मनाएको छ ।
नागरिक र समाजको लागि देशकै चौथो अंङ्गको रुपमा काम गरिरहेको पत्रकारले आफ्नो अधिकारको पहुच पर्याउन कन्जुसाई जगरी काम गर्नुपर्ने भन्दै कार्यक्रमको अधिकांस बत्ताहरुले प्रेस स्वतन्त्राताको हकमा बोलेको थिए ।
पहिलो पटक नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा दुर्गा प्रसाद पौडेल स्मृति पत्रकारीता पुस्कारको आयोजना गरिएको थियो । सो पहिलो पत्रकारिता पुरस्कार रौतहटका बरिष्ठ पत्रकार श्रीमन नारायण मिश्रलाई सम्मान पत्र सहित रु. ११ हजार राशी सहित प्रदान गरिएको थियो ।
उक्त सम्मान कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुलाई ईन्टरनेशनल बाल एकेडमी विधालय गौरले सम्मान गरेको थियो । उक्त सम्मान कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले कार्यक्रम र पत्रकारीता पुरस्कारको स्वागत गर्दै उक्त पुरस्कारको निरन्त्ररता रहीरहोस भनी शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै पहिलो पटक दुर्गा पौडेल स्मृति पत्रकारीता पुरस्कार प्राप्त गर्ने पत्रकार श्रिमन नारायण मिश्रले धन्यवाद व्यक्त गर्दै, यस्ता पत्रकारीता पुरस्कारले पत्रकारको मनोवल बढदै जाने र यस्ता पुरस्कारले अगामी दिनमा पत्रकारमा थप उर्जा प्रदान हुने भन्दै आयोजक र संस्थापकलाई धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रममा दुर्गा पौडेल स्मृति पत्रकारीता पुरस्कारका संस्थापक पत्रकार संन्तोष पौडेलले आफ्नो बुबाको नाममा पत्रकारलाई सम्मान गर्न पाउदा खुशी लागेको भन्दै अगामी वर्ष पनि यो निरन्तरता रहने कुरा व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रौतहट प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले प्रेस स्वतन्त्रताको हक हितको लागि आफु सदैव अगाडि रहेको भन्दै पहिलो पटक जिल्लाले पाएको दुर्गा प्रसाद पौंडेल स्मृति पत्रकारीता पुरस्कारले थप उर्जा मिल्ने र पाउनेलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथि जसपाका नेता रेवन्त झाले प्रेस स्वतन्त्रताको हक हितको आवाज सधै उठिरहने कुरा व्यक्त गरे भने, विशिष्ट अतिथि नेपाल प्रहरी प्रमुख सिद्धिविक्रम साहले प्रहरी र प्रेस आपसमा मिलेर जानसके समाज अझ बलियो बन्ने भन्दै प्रेस स्वतन्त्रताको हकको लागि नेपाल प्रहरी सदैव तयार रहेको कुरा जिकिर गरे । सो कार्यक्रमका सभा अध्यक्ष प्रेमचन्द्र झाले आगन्तुक सबैलाई धन्यवाद दिदै, आफ्नो कार्यकालको पहिलो कार्यक्रम मार्फत पत्रकार मित्रलाई नगद राशी सहितको सम्मान दिन पाउँदा आफु भाग्यवानी भएको महसुस गरेको भन्दै, अगामी दिनमा अझ धैरै पत्रकारीता पुरस्कार लगायत प्रेस स्वतन्त्रताको लागि काम गर्ने कुरा व्यक्त गरेको थिए । सो कार्यक्रममा सक्रिय पत्रकारहरुको सहभागीता रहेको थियो ।
को ज्ञानज्योति माविका प्रधानाध्यापक हुन्। आज एक कार्यक्रमबीच उनले महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवलाई बुबाको नामबाट विद्यालय स्थापनाको लागि सो जग्गा हस्तान्तरण गरेका हुन्। जग्गामा आजै शिवशङ्कर आधारभूत विद्यालय भवन निर्माणको लागि नगरप्रमुखले शिलान्यास गरेका हुन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेश यादव, जिविसका पूर्वसभापति प्रयाग यादव, रामाशिष यादव, अनिरुद्र यादव, अरुण यादव, विजय यादव, विद्यालयका प्रधानाध्यापक महेन्द्र यादवलगायतको सहभागिता थियो।