उपेन्द्र गोले । रौतहट २३ बैशाख ।
रौतहटमा विहिबार ३६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमित हुनेको संख्या २५१ पुगेको छ । विहिबार गौर अस्पतालमा गरिएको पिसिआर परिक्षण गराएकामध्ये ३६ जनामा कोरोना संक्रमित पुष्टि भएको गौर अस्पतालले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा ५५ जनासहित १८ स्थानिय तहहरुमध्ये सबैभन्दा बढी संक्रमित भएको स्थानिय तह बनेको छ । वैशाखको १ गते देखि विहिबार २३ गतेसम्म रौतहटमा गरिएको परिक्षणमा कोरोना संक्रमणको संख्या २५१ पुगेको छ भने ९ जनाको मृत्यु भइसको छ । रौतहटको गौरस्थित अस्पतालमा मात्र पिसिआर परिक्षण गरिएका परिक्षणमा २५१ जनामा कोरोना पुष्टि भएको छ । रौतहटका नागरिकहरुको जनकपुर , सर्लाही तथा विरगंजमा समेत परिक्षण गराइएको छ । अन्य जिल्लामा परिक्षण गरिएका रौतहटका नागरिक संक्रमित भएको पाइएको छ । विहिबार गौरमा गरिएको परिक्षणको रिपोर्ट अनुसार गौरमा ६, गरुडा ३, फतुवा विजयपुर ३, चन्द्रपुरमा ९ , कटहरियामा ५ , राजदेवी ४ ,बौधीमाइमा ५ गुजरा २ गढीमाइ २ , माधवनारायण २ र अन्य जिल्लाका ४ गरी ३६ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भयो । विहिबारसम्म रौतहटमा ५२९ जनाको पिसिआर परिक्षण गरिएकोमा २५१ जनामा पोजेटिभ र २७८ जनामा भने नेगेटिभ पुष्टि भएको छ । विहिबारसम्म सक्रिय संक्रमण भने २१५ जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।