दिपेन्द्र जयसवाल,बारा । बैशाख २५
बाराको महागढीमाई नगरपालिकाले आइसोलेसन वार्ड संचालनमा ल्याएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा आज देखि आइसोलेसन वार्ड संचालनमा ल्याइएको नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले बताउनु भएको छ । उक्त आइसोलेसनमा २० वटा बेड रहेको छ भने चाहिने अक्सिजन सहित सम्पूर्ण सुबिधा रहेको नगर प्रमुख यादवले बताएका छन् । महागढीमाई नगरपालिकाले जेष्ठ १ गते देखि नगर भित्रमा टाईफाईड , रुखाखोकी , ज्वरो लागेको ब्यक्तिहरुको लागि १३ वटै स्वास्थ्य केन्द्रबाट निस् शुल्क चेकजाँच ,उपचार र औषधि बितरण साथै टाईफाईड चेकजाँचको लागि ल्याब सेवा निशुल्क सुचारु गरिने उनले जानकारी दिएका छन् ।नगरपालिकाले २४ घन्टै एम्बुलेन्स सेवा उपलब्ध गराउने महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले बताउनु भयो । बारामा अहिले सन्क्रमितको अवस्था हेर्ने हो भने उकालो लाग्दो छ । अहिले सक्रिय सन्क्रमित को संख्या ५६५ रहेको छ