पूर्वमुख्यमन्त्री रावलले मागे सुरक्षाकर्मी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ११, बिहिबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
पूर्वमुख्यमन्त्री रावलले मागे सुरक्षाकर्मी

काठमाडौं, ११ असार। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सुरक्षाकर्मी माग गरेका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिँदै सुरक्षाकर्मी(पीएसओ) मागेका हुन् ।

रावलले आफूमाथि सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी उपलब्ध गराउन माग गर्दै १ असारमा निवेदन पेश गरेको प्रशासनले जनाएको छ । रावलले निवेदनमा भनेजस्तै उनलाई ‘सुरक्षा थ्रेट छ ?, छैन ? ’ भन्नेबारे प्रशासनले अध्ययन गरिरहेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले रावललाई सुरक्षा खतरा भए/नभएको विषयमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने सुरक्षा विश्लेषण समितिले अध्ययन गरिरहेको जानकारी दिए ।

उनकाअनुसार सुरक्षा खतराबारे अध्ययन र विश्लेषण गरेपछि त्यसका आधारमा मात्र निर्णय लिइनेछ ।

सत्तासाझेदार दलका नेपा रहेका पूर्वमुख्यमन्त्री रावललाई कस्तो खालको थ्रेट छ ? भन्ने कुरा सुक्ष्म रुपमा अध्ययन भइरहेको छ । रावलले पूर्वमुख्यमन्त्रीका हैसियतमा दुई जना सुरक्षाकर्मी(पीएससो) का रुपमा पाएका थिए ।

तर, मापदण्डअनुसारको अवधि सकिएपछि उनीहरू फिर्ता भएका छन् । त्यसपछि रावलले फेरि सुरक्षाकर्मी मागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस