मंगलबार २१ वैशाख २०७८, दिउ“सो चार बजे सञ्जय मित्र सरलाई हालखबर सोध्नलाई फोन गरेको थिएं । मित्रजीले कतै बाहिर स्थानीय अवलोकन भ्रमण गर्न जाने कुरा राख्नु भयो । हामी कता जाने ? भनेर सोध्दा, वहा“ले वाग्मती नदीको धर्मपुरघाट पुलभन्दा करिब तीन किलो मिटर दक्षिण जानु पर्ने कुरा सुनाउ“दा फर्किने बेला अबेर होलाजस्तो म मनसाय राख्दा छोरा आलोकलाई बाइकमा साथी बनाएर तुरुन्त निस्ंिकदा अबेला नहुने भन्दा छेउमा बसेको छोरा खुशी हुंदै जान हामी भर्छ । घरबाट निस्किदा मुखमा मास्क, गोजीमा हैन्ड सेनिटाईजर र एक बोतल खानेपानी लिएर जाने सल्लाह हुन्छ । फोनमा करिब पा“च मिनेटसम्म कुरा हुंदै गर्दा छोरी स्वेताले खाजा ल्याइसकेकी हुन्छे । हतार हतार खाजा खान्छु, छोरी दिपिका खानेपानी लाने बोतल सेनिटाइज गरेर एक बोतल पानी भाई आलोकको हातमा दिएर हामी बाबु–छोरालाई जान इशारा गर्छे । करिब सबा चार बजे अलि पछि नै हामी घरबाट हिड्छौं ।
लगभग पौने पा“च बजे मित्र सरको दरबाजामा हामी बाबु–छोरा पुग्दा सर पनि छोरा हिमाशंूका साथ तयार अवस्थामा भेटछौं । गेडही, बिरनगरा, धोबिनिया, सिंगारमन हुदै धर्मपुरघाटको बाग्मती पुलमा पुगेर पूर्व पारिको अलि तल पुग्दा रौतहट–सर्लाही जोडने पुलबाट पूर्वको नदीको तटबन्धसम्म गढीमाई नगरपालिका समनपुर रौतहटको नगर प्रमुख श्री श्यामप्रसाद यादवज्यूको अगुवाईमा ग्रेवल बाटो बनिरहेको छ, जब कि यो सम्पूर्ण क्षेत्रफल सर्लाहीमा छ । त्यही बाटोमा विद्युत्को पोलमा तार दश–पन्द्र दिन अगाडि बा“धी सकिएको जानकारी एक स्थानीय चेलीबाट हुन्छ । यस सडकको विकास सर्लाही र रौतहट दुवै देशका लाखौं नागरिकको चाहना हो । दैनिक हजारौं मानिस यस बाटो भएर ओहोरदोहोर भइरहेको छ । दुई जिल्लाको बिचमा रहेको यस महत्वपूर्ण सडकतिर कुनै सरकारको ध्यान गएको छ भने गढीमाई सरकारको मात्र हो । अरु सरकारको ध्यान कहिले जाने होला ?
हामी दक्षिणतिरको चौरमा पुग्छौं । एउटा टावरजस्तो देखिने फलामको चारखुट्टे वस्तु देखेर हामी रोकिन्छौं । एक जना युवा किसान ३२–३५ वर्षका प्रमोद साह आफ्नो खेतमा कोदाली चलाउ“दै हुन्छन् । आली बनाउंदै छन् । मित्र सर त्यहीं टावरतर्फ देखाएर सोध्नु हुन्छ “यो के हो ?” युवाको जवाफ हुन्छ “सिरिड्ड” । मित्र सरको अर्को प्रश्न– “यो कहिलेको हो ?” जवाफ आउ“छ “म जन्मिनु भन्दा पहिलेको” । सरको अर्को जिज्ञासा “यो के को लागि ?” युवा अलमलमा पर्छन् । “बातचित गर्न होला कि?” । युवा आफ्नो बाल्यकालमा फर्किन्छन् । “हामी सानो छदा“ यो खेत हाम्रो घर भएको जग्गा हो ? नदी यहा“भन्दा लगभग एक डेढ≥ किलोमिटर पूर्व थियो । नदीमा हामी नुहाउन जादा“ एउटा तामाको तार जमिनको लगभग एक मनुसभित्रबाट गएको थियो । जुन नदीमा हामी त्यसमा लटकेर झुलुवा झुल्थ्थौं । यो पूर्वबाट आएको थियो । अर्को एउटा सिरि∙ योभन्दा पश्चिममा थियो, जुन अहिले छैन् ।” त्यसै बेला मित्र सर आफ्नो बाल्यकाल सम्झिनु हुन्छ । वहा“को बाल्यकाल वर्तमान गरूडा नगरपालिकाको वार्ड नं. २, गेडहीगुठ्ठी गाउ“मा बितेको हुन्छ । मित्रजी जन्मेकै त्यहीं पुर्नीगेडहीमा हो । त्यस बेलाको समयमा गाउ“मा कसैको मृत्यु हुदा“ दाह संस्कार गर्न यही वाग्मती नदीको किनारमा ल्याइन्थ्यो । सर त्यस बखत मलामी आउ“दा एउटा सिरि∙ नदीको पश्चिम किनारमा पनि थियो । पछि नदीको कटानबाट त्यो नष्ट भयो । मित्र सर इतिहासविद भएकाले वहा“को अध्ययन अनुसन्धानबाट यो लगभग दुई सय छ वर्ष पहिले अंग्रेजले आफ्नो अलाकमानस“ग सम्पर्क राख्न यो टावरको जडान गरेको हुनु पर्छ । हामी सिरि∙को नजिक पुगेर केही फोटो र सेल्फी खिच्छौं । केही समयको लागि सर मलाई विचार लेखनका केही प्राविधिक टिप्स सिकाउनु हुन्छ । उता दुवै बाबुहरू खुल्ला चौरमा खेल्न मग्न हुन्छन् । हामी वर्तमान कोरोना भाइरसको अवस्थाले गर्दा घरबाटै लगेको आ–आफ्नो बोतलको पानी खान्छौं ।
फेरि हामी आ–आफ्नो सवारीमा बस्छौं र दक्षिण पूर्वको बाटो लाग्छौं । केही पर पुग्दा हामी टिभीमा हेर्ने गरेको नेशनल जोग्राफी र एनिमल प्लानेट चैनलमा हेरेको अफ्रिकाको ज∙लमा अर्ना र जरायो बिचरण गरेको दृश्य हाम्रो आ“खा अगाडि देखा पर्छ । यही ठाउं देखाउनको लागि त पानीको बोतलसमेत बोक्न भनेको मित्र सर भन्नुहुन्छ । हरियो खैरो रंगको घा“से मैदान छ, मैदान यति विशाल छ कि आंखामा नअटाउन्जेल देखिन्छ र त्यसमा विचरण गरिरहेका छन् गाई, भैसी, गोरु आदि । अलिक पर एउटा सांढे पनि देखिन्छ । एक बस्ने लायकको स्थान हेरेर सवारी साधन छेउमा रोकी अस्ताउन लागेको सूर्यको अवलोकन गदै कुराकानी गरिरहेका हुन्छौ हामी भने दुबै बाबुहरू खरही काटे पछिको नया“ पलाउन लागेको खरहीमा दौडा–दौड गरेर खेल्दै हुन्छन् । अन्य गाईवस्तु चदै र सर्दै गरिरहेका छन् अगाडितिर तर त्यो सा“ढे भने आफ्नो ठाउ“बाट टसमस हुंदैन् । हामी दुई मित्र गफ गर्दागर्दै गाई भैसीका चरवाहाहरू पनि हामी नजिक आई पुग्छन् । उनीहरूमध्ये एक जना आफु अठसठी वर्षका बताउने बुर्जुग हुनु हुन्थ्यो, एक जना बाइस पचिस वर्षका युवा र बा“की चार जना बालकहरू थिए । बुर्जुगस“ग कुरा गर्दा त्यो सबै जग्गा तिरो नलाग्ने व्यक्तिहरूको नाउ“मा रहेको छ । खेती किसानीमा घोडगद्हा (निलगाई) ले बाली नोक्सान गरेर हैरान गरेको दुखेसो सुनाउनु हुन्छ । गए राति हल्का पानी परेको हु“दा बाटोमा हिलो नभई बालुवा मात्र बसेको हुन्छ । एउटा खाल्टोमा भने अलि कति पानी जम्मेको हु“दा अस्ताउन लागेको सूर्यको रातो लालिमा आकाश र पानीमा, त्यो पनि गाईवस्तुको बिचमा हेर्दा मनमोहक लाग्यो । हामी ती दृश्यलाई आ–आनो मोबाइल कैमरामा संग्रह गर्छौं ।
अब भने सा“झ पर्न लागेकोले हामी सवारीमा सवार भएर घर फर्किने क्रममा अगाडिबाट एक हुल नीलगाई आएको हामी देख्छौं । यो दृश्य भने हाम्रो बाबुहरूको लागि नौलो हुन्छ । नीलगाईको हुलको करिब तिस पैतिस मिटरको दुरीमा सवारी साधन रोकेर हिमाशुं र आलोकलाई नीलगाईको नजिकबाट फोटो खिच्न भन्छौं । यिनीहरूनजिक जा“दा नीगाईको हुल भाग्न थाल्छ । यिनीहरू पनि लखेटदै फोटो खिच्दै एक छिन दौडा–दौड गर्छन् । यो दृश्य भने हाम्रो लागि रमाइलो अनुभूति हुन्छ । केही बेरमै बाबुहरू फर्केर आउ“छन् । बाबुहरूलाई नीलगाई देखाउनु पनि आजको घुमाइको एउटा उद्देश्य रहेको हुन्छ । हामी घरको बाटोतिर लाग्छौं । हामीस“गै घा“स पात र खेती किसानी गर्न गएका मानिसहरू पनि घर फर्किरहेका हुन्छन् । वाग्मतीको पुलमा पुग्दा पुलको लम्बाई सात सय मिटर रहेको जानकारी बोर्ड देख्छौं जबकि म पहिलेदेखि नै बाइकको माइल मिटरबाट पुलको त्यो लम्बाई नापी सकेको हुन्छु । पुलमा बाबा–छोरा केही फोटोहरू खिच्दासम्म मित्र सर अलिक अगाडि बढिसक्नु भएको हुन्छ । हामी भने आएकै बाटो सिगारमन पुग्नै लाग्दा मित्रजी धर्मपुरतिर लागेको फोनबाट हिमाशुंले जानकारी गराउ“दा हामी फर्केर धर्मपुरको सानो बजारमा सर हरियो तरकारी त्यो पनि बिना भिडमा किनमेल गर्दै हुनु हुन्थ्यो । श्री मावि धर्मपुरमा धिरा लिएर मधानी गराउ“दै हिड्ने कमरातुहरू विद्यालय परिसरमा देखिन्छन् । म पनि बजारमा परवल र लामो आकारको लौका आलोक बाबुलाई राख्न दिएर घरतिर हामी लाग्दा झमक्क सा“झ परिसकेको हुन्छ ।
रौतहट, गरूडा नगरपालिका वार्ड नं. ५, महम्मदपुर, श्रीकृष्णनगर