स्मिथ रजक । रौतहट ,२६ बैशाख ।
प्रदेश नम्बर २ अन्तर्गत रहेको रौतहट जिल्ला स्थितिका फिल्डमा खटिएका पत्रकारलाई कोरोना संक्रमणबाट बच्न एवं लडन जनता समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता मोहम्मद अनवर हास्मिले स्वास्थ्य समाग्री सहित खाद्यान्न सहयोग गरेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको युवा नेता मोहम्मद अनवर हास्मीले विश्व भरी फैलिदै गएको कोरोना महामारी दोस्रो भेरिएन्टको रुपमा बिक्राल रोगबाट लडन एवं सुरक्षित रहनको लागि रौतहटको सक्रिय पत्रकारलाई दुई थरीका मास्क ,सेनिटाइजर,पन्चा सहित चामल एक बोरा सहयोग गरेका छन् ।
रौतहट जिल्लाका २० जना सक्रिय पत्रकारलाई ४ थान स्वास्थ्य समाग्री सहित चामल सहयोग गगिएको जसमा कपडाको मास्क १ थान ,सर्जिकल मास्क १ थान,१ थान सेनिटाइजर,१ थान ग्लौब्स९पन्जा ० ,२५ किलोको एक बोरा चामल जनता समाजवादी पार्टी नेपाल रौतहटको युवा नेता एवं समाजवादी मुस्लिम संघका जिल्ला ईन्चार्ज मोहम्मद अनवर हास्मीले सहयोग गरेको जानकारी गराएका हुन् ।
यस्तै रौतहट जिल्ला क्षेत्र नम्बर २ भित्रको कुनैपनी किसिमको जनतालाई समस्या पर्यो भने खाना, औषधि वा सवारी अन्य सामाग्री समेत निस्शुल्क उपलब्ध गराउने जसपा नेपालका प्रभावशाली नेता मोहम्मद हास्मीले जानकारी गराएका हुन् । रौतहटमा चार वटा निर्वाचन क्षेत्र हो जसमध्ये रौतहट क्षेत्र नम्बर १ का समस्या अर्थात कोरोनाको मारले दैनिकी ज्यालादारी गरेर खानेमा बाधा परेकाहरु एवं कोरोना संक्रमण भएको घरपरिवारलाई समेत स्वास्थ्य समाग्री,खाद्यान्न समाग्री तथा कोरोनाको उपचार गर्न गराउनमा जिल्ला युवा नेता मध्ये पहिलो नेता मोहम्मद अनवर हास्मीले आफ्नो निजि आर्थिक सहयोगमा सकेसम्म सहयोग गर्ने गरेको र गर्ने जानकारी गराएका हुन।
ज्यालादारी गर्ने मजदुर ,गरिब, असहायहरुलाई रौतहट क्षेत्र नम्बर २ भित्रको कुनैपनि जनतालाई समस्या पर्यो भने खाना, औषधि, सवारी वा अन्य केही सामाग्रीको आवश्यकता पर्यो भने निस्शुल्क सामाग्री उपलब्ध गराउने रौतहट क्षेत्र २ अन्तर्गत रहेको बौधिमाई नगरपालिकाको कोपवा टोल निवासी तथा जनता समाजवादी पार्टी मुस्लिम संघ रौतहट अध्यक्ष युवा समाजसेवी नेता मोहम्मद अनवर हास्मीले आवश्यकता पर्ने व्यक्तिलाई सम्पर्क गर्न आग्रह सहित आफ्नो मोबाइल नम्बर ९८५५०४०३०४ सार्वजनिक गरेको उनले समाजिक संजालबाट पोषट पनि गरेका छन्।