उपेन्द्र गोले रौतहट २९ बैशाख ।
रौतहटको गरुडाका एक पत्रकारको कोरोनाका कारण बुधबार साझ मृत्यु भएपछि नेपाल पत्रकार महासंघ रौतहट र केन्द्रिय समिति काठमाडौले शोक विज्ञप्ति निकालेको छ । रौतहटको गरुडास्थित मधेस मसला एफएम १०६.४ मेगाहर्जका स्टेसन म्यानेजर तथा जनकपुर टुडेका स्थानीय सम्वाददाता मनोज चौधरीको कोरोना संक्रमणका कारण ४१ वर्षको अल्पायुमा बुधबार साझ मृत्यु भएको हो । उहाको मृत्युबाट रौतहटको पत्रकारिता क्षेत्रले एक कुशल र जुजारु युवा पत्रकार गुमाएको र पत्रकारिता क्षेत्रमा नै ठुलो क्षति भएको नेपाल पत्रकार महासंघ रौतहटले विज्ञप्तिमा उल्लेख गरेको छ । आफ्नै घरमा रहदा गत बैशाख १७ गते चौधरी कोरोना संक्रमित हुनु भएको थियो । संक्रमणले ग्रस्त हुदा श्वास फेर्न समस्या भएपछि नारायणी अस्पताल बिरगंज भर्ना गरिएको थियो । विगत १३ दिनदेखि उपचाररत हुनु भएका चौधरीको बुधबार साझ उपचारको क्रममा निधन भएको हो । मृतक चौधरीप्रति नेपाल पत्रकार महासंघ रौतहट श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना समेत गरेको छ । पछिल्लो दिनहरुमा कोराना संक्रमणको दर बढ्दै गएको छ । कोरोना संक्रमणको यो चुनौतीमा सम्भावित जोखिमको ख्याल राखी पत्रकारहरुलाई जिउ ज्यानको सुरक्षित राख्दे पेशागत कर्ममा जुट्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले सबैमा अपिल समेत गरेको छ । कोरोना संक्रमणबाट हालसम्म १० जना पत्रकारहरुको निधन भएको र ७ सयभन्दा बढी पत्रकारहरु संक्रमित भएको नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिन रोहन पुरीले बताउनु भयो ।