दिपेन्द्र जयसवाल,बारा बैशाख ३०
पत्रकार महासंघ बारा शाखाको निर्वाचित कार्यसमितिको पहिलो बैठक आज बारा जिल्ला स्थित बडहर्वामा सम्पन्न भएको छ। चैत्र २५ गते भएको निर्वाचनमा रेशम तिवारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। भने निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बैसाख ११ गते प्रमाण पत्र बितरण गरीएको थियो। त्यसपछि अध्यक्ष तिवारी आवश्यक काम परेकोले आफ्नो पुरानो घर स्याङ्जा जानु भयो। यता कोभिडले गर्दा देशको बिभिन्न जिल्लामा निषेधाज्ञा जारी भएकाले आउन नसकेको खण्डमा पत्रकार महासंघ बारा शाखाको उपाध्यक्ष रामबाबु मेहतालाई कार्यबाहकको जिम्मेवारी दिएपछि मेहताको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । पहिलो बैठकबाट सम्पूर्ण मतदाता, निर्वाचन समितिलाई तथा निर्वाचनमा सहयोग गर्नु हुनेलाई धन्यवाद ज्ञापन गरीएको छ। साथै बाराबाट प्रदेश पत्रकार महासंघमा सदस्य पदमा निर्वाचित महेश्वर अधिकारीलाई सम्मान पनि गरीएको छ । अहिलेको समयमा कोभिडको दोस्रो चरणको बाट सम्पूर्ण सिङ्गो देश नै अक्रान्त भएको स्थितिमा बारा पनि अछुतो नरहेकोले बाराका सम्पुर्ण पत्रकारहरुको सुरक्षा दृष्टिकोणले पत्रकार महासंघ बारा शाखाको भवनमा अक्सिजन सहितको आईसलोसन बनाउन सर्ब सहमति बाट पनि निर्णय भएको छ । त्यस्तै बाराको सम्पूर्ण पत्रकारहरुलाई कोभिड महामारीमा पर्न जाने असुबिधालाई ध्यानमा राखि क्विक रेस्पोन्स टिम पत्रकार महासंघ बाराको कार्यबाहक अध्यक्ष रामबाबु मेहताको नेतृत्वमा ९ सदस्यीय समिति पनि गठन गरिएको छ। सो टिमले जिल्ला भरी रहेको पत्रकारहरुलाई कोभिडको बेला आई पर्ने समस्याहरुको समाधान गर्न तत्पर रहने छ । सो समितिको सदस्यमा अनिल कुमार गौरब, अनिल पाण्डेय, लक्ष्मि पाण्डे, प्रदिप गौतम, रन्जन यादब, जियालाल चौधरी, नरेश गुप्ता र ईन्दिप कोईराला रहेका छन। अरु समसामयिक बिषयमा पनि छलफल गरी आजको पहिलो बैठक सम्पन्न भएको छ।