किशुनदयाल “श्रीकृष्ण”
कुरो २०५३ साल आषाढको हो । म शंकरदेव क्याम्पस पुतली सडक काठमाडौंमा दुई वर्षे आइकमको पहिलो वर्षमा प्रवेश लिएं । मेरो बसाइ भने पाटनढोका ललितपुरको इखाचेटोलमा थियो । विरेन महर्जनको घरको दोश्रो तल्लाको एक कोठामा बृजकिशोरप्रसाद यादव दाइ, मेरो काकाको जेठो छोरा भाइ सुनिलकुमार यादव र म गरी तीन जना बस्थ्यौं । बृजकिशोर दाइ पाटन बहुमुखी क्याम्पस पाटनढोको विज्ञान संकायमा अध्ययनरत थिए भने भाइ सुनिल शंकरदेवमा व्यवस्थापन संकायमा मभन्दा एक वर्ष पहिले भर्ना भएको थियो, जब कि हामी दाइ भाइ श्री जुद्ध मावि गौर, रौतहटबाट २०५१को बैचमा एकै साथ एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण भएका थियौं । मेरो आर्थिक अवस्था कमजोर भएकोले भाइ सुनिलभन्दा म एक वर्षपछि पढ्न पुगेको थिएं ।
म दोश्रो वर्षमा हुंदा भाइको क्याम्पसको क्लास नभएकोले बानेश्वरमा वीरेन्द्र अन्तराष्ट्रिय सभा गृहको पश्चिम ढोकाको ठिक अगाडि रहेको आइटी स्काई कम्प्युटर एजुकेशन नया“ बानेश्वर, काठमाडौंमा कम्प्युटरको बेसिक कोर्समा भर्ना भएर कम्प्युटरको तालिम लिन थाल्यो । त्यति बेला कम्प्युटर आजको जस्तो सबै ठाउ“मा उपलब्ध भने थिएन । भाइ कोठामा आउ“दा गरूडाको मनोज चौधरीको खुब नाम लिन्थ्यो । आफु भने कथा मात्र सुन्ने । बिस्तारै केही महिनामा मेरो पनि आइकम दोश्रो वर्षको फाइनल परीक्षा सकेर रिजल्टको प्रतीक्षामा हुंदा खाली बस्नुभन्दा बेसिक कम्प्युटर कोर्स गर्न त्यही आइटी स्काई कम्प्युटर एजुकेशनमा भर्ना भएर कम्प्युटर सिक्न लागें । उमेरले समकक्षी भए पनि मेरो कम्प्युटर गुरु भए मनोजकुमार चौधरी । त्यति बेला त्यस संस्थाको मैनेजि∙ डाइरेक्टर रमेशकुमार साह थिए जो पछि गएर बारा जिल्लाबाट संसद पनि भएका थिए भने चौधरी चाहि कोर्स को–अर्डिनेटर भएर संस्था चलाइरहेका थिए । त्यस बखत मनोज सरको कम्प्युटरको सफ्टवेयर र हार्डवेयर दुवैमा राम्रो दखल थियो । टाइपि∙ स्पिड भने अब्बल नै थियो । त्यस बेला पनि मनोज गुरुले मलाई किबोर्डमा नदेखेर मोनिटरमा मात्र हेरेर टाइप गर्न भन्थे तर म भने किबोर्डमा हेरिहाल्थें । त्यस बखतदेखि हामी यति घनिष्ट साथी बन्यौं कि घर आउ“दा जादा पनि हामी खुशी साटासाट गर्न थाल्यौं ।
२०५२ सालको शिक्षा सेवा आयोगको जिल्ला शिक्ष्ँँ कार्यालय रौतहटको रिजल्ट २०६० सालको पुस ५ गते शनिबारको गोरखापत्रमा प्रकाशित हुदा प्राथमिक तहमा मेरो पनि नाम क्रम संख्या ४५ मा रहेकोले म काठमाडौं छोडेर घरमा आए । २०६१ बेशाख १६ गते मेरो र भाइ सुनिलको पूजा मटकोर भएको थियो । १८ गते शुक्रबारका दिन भाइ सुनिलको र २२ गते सोमबार मेरो विहे भयो । शिक्षक सेवा आयोगको सिफारिस बमेजिम २०६१ आषाढ २१ गते मेरो नियुक्ति प्राथमिक विद्यालय फुतुहा हर्षाहामा हुन्छ । सुनिल भने एउटा गैरसरकारी संस्थामा आबद्ध भएर काम गर्न थाल्छ । यस बिचमा मनोजकुमार चौधरी भने केही दिनको लागि कम्प्युटर सम्बन्धि काममा खाडीको देशमा श्रम गर्न विदेशिनु हुन्छ । हामी तीनै जना काठमाडौं छोडेका हुन्छौं ।
२०६४ साल बैशाख ०७ गते शुक्रबारका दिन मनोज सरको विहे हुन्छ । त्यो विहेको जन्तीमध्येको एउटा म पनि हुन्छु । २०६४ साल मंसिरमा भाइ सुनिल आइएमइ मनि ट्रान्सफरको बिजनेस गर्न शुरु गर्छ भने म पार्टटाइमको लागि फोटो स्टूडियो र स्क्रिन प्रिन्टबाट कार्ड छाप्ने काम थाल्छु । फोटो स्टुडियो चलाउन फोटोशप जानेको हुनु पर्छ तर म जानेको हुंदिन । पहिलो पटक फोटो बनाउनको लागि म आफ्नो कम्प्युटर गुरु मनोजलाई अनुरोध गर्छु । मनोज गुरु मलाई दुई तीन दिनमा नै मलाई फोटो बनाउन सक्ने बनाइदिनु हुन्छ । यस्तै हाम्रो साथ चलिरहेको हुन्छ । मलाई कम्प्युटरमा सफ्टवेयर वा हार्डवेयर सम्बन्धि केही समस्या पर्दा सधैं त्यसको समाधान भनेको मनोज गुरु । यस्तै दुख सुखका दिन कटिरेको हुन्छ । हामी निरन्तर सम्पर्कमा हुन्छौं ।
२०६८ सालमा रेडियो मधेश मसाला डटकम प्रालि गरुडा बैरियाको स्थापना कालदेखि चारजना लगानीकर्तामध्येका एक मनोजकुमार चौधरी हुनु भयो साथै रेडियो व्यवस्थापनको स्टेशन मैनेजर समेतको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आइरहनु भएको थियो । रेडियोमा कामकाज गर्दै जादा पत्रकारिताको क्षेत्रमा राम्ररी सुबिख्यात हुनु भयो । यता केही वर्षदेखि जनकपुरटुडेका प्रतिनिधि भएर पनि सफलतापूर्वक पत्रकारिता धर्म निर्वाह गर्दै आइरहनु भएको थियो । यता २०६९ सालमा उच्च माध्यमिक विद्यालय गरुडाको प्रधान शिक्षक मेरा गुरु (२०५१ सालको बैच २०५२ सालको आषाढमा श्री जुद्ध मावि गौरबाट एसएलसी पासको प्रमाण–पत्रहरू लिदा“को बखत मेरो लिभि∙ सर्टिफिकेट र कैरेक्टर सर्टिफिकेटमा प्रधानाध्यापकको पदमा आसिन भएकाले) श्री हृदयनारायण साहको शिक्षण सेवाबाट अवकास हुने बेलामा मनोजकुमार चौधरीको नियुक्ति उच्च मावितर्फ कक्षा ११, १२ का साथै मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाको लेखापालको पदमा हुन्छ । मनोज सरको नियुक्ति भएदेखि शिक्षक र विद्यार्थीहरूबिच बहुत सुमधुर सम्बन्ध रहदै आएको थियो । मनोज सरले क्याम्पस र विद्यालय प्रशासनको अभिलेख र सूचनाहरू अप–टू–डेट राख्नु हुन्थ्यो । जसबाट दुवैतर्फको सरोकारवाला प्रशासन र विद्यार्थी सबैका लागि बहुउपयोगी हुन्थ्यो ।
२०७२ सालको मधेश आन्दोदनमा पनि एउटा जिम्मेवार नागरिक र कुशल पत्रकारको रुपमा आनो भूमिकाले युवाको ढुकढुकी नै हुनु भयो । यसै हाराहारीमा देशले पुरानो संरचना फेरेर संघ, प्रदेश र स्थानीय तहमा गाउ“पालिका र नगरपालिकाको अवधारणा लागु ग¥यो । जसमा पुरानो सातवटा गाविस मिलेर १४ वटा वार्ड भएको गरुडा नगरपालिका घोषणा भयो । गरुडा नगरपालिकामा एउटा फन पार्क हुनुपर्ने सोचका साथ मनोज सर र हामी केही साथीहरू महम्मदपुरको झाझ ब्यारेजको जग्गा खोजबिन गर्दा उक्त सबै जग्ग्गा व्यक्तिहरूको नाउ“मा दर्ता रहेकोले हुन सकेन ।
२०७२ सालको बडादशैंको पंचमीको दिन केही साहित्यकार साथीहरू मिलेर आनो मातृभाषा बज्जिकाको साहित्य, संस्कृति तथा रीतिरिवाजको प्रवद्र्धन र विकास गर्ने उदेश्यका साथ सञ्जय साह “मित्र” को अध्यक्षतामा पहिलो औपचारिक बैठक गरी श्यामनन्दन सहनी “चन्द्राशुं” को अध्यक्षतामा “बज्जिका साहित्य संगम” गरुडा, रौतहटको तदर्थ समिति गठन गर्नुभयो । संगमले नियमित रुपले प्रत्यक महिनामा एउटा रचना वाचन साहित्यिक कार्यक्रम घुमती रुपमा गर्न थाल्यो । आफू पनि मातृभाषा बज्जिका र यसका संंस्कृति विकासमा रुचि राख्ने भएकोले मावि गरुडामा भएको कार्यक्रमबाट जोडिदा मनोज सर पनि संगममा आवद्ध रहेकोले हामी नियमित कार्यक्रम संचालन गर्दै आई रहेका छौं । २०७४ सालको अन्ततिर “बज्जिका साहित्य संगम रौतहट” गरुडाको विधिवत विधानअनुसार जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दर्ता भयो । संगमको दर्तामा अध्यक्षः श्यामनन्दन सहनी “चन्द्राशुं”, उपाध्यक्षः रेणु गुप्ता, कोषाध्यक्ष ः किशुनदयाल यादव “श्रीकृष्ण”, सचिव ः भोला पासवान, सदस्य ः मनोज कुमार चौधरी, शेख चान्द अलि “चंचल”, केदार राय यादव, समतोलिया मुखिया र संगीता सहनी गरी नौ सदसीय संस्थापक समितिबाट दर्ता भयो ।
नेपाल सरकारले २०७४ सालमा तेस्रो चरणको स्थानीय तहको चुनाव गराउ“दा गरुडा नगरपालिकामा तत्कालीन मधेशी जनअधिकार फोरमबाट काका श्री इन्नु राय यादवजो भाइ सुनिलकुमार यादवको पिता हुन नगर प्रमुखमा चुनाव जित्नु भयो । हामी सबै साथी भाई खुशीसाथ दिन बित्दै थियो कि अचानक २०७५ जेठ ३० गतेका राती भाई सुनिलको फूड प्वाजनिङले गर्दा हृदयघातबाट स्वर्गीय हुदा“ दुःखको पहाड नै हाम्रो परिवारमा खस्यो । यसै वर्ष “बज्जिका साहित्य संगम रौतहट” ले गरुडा नगरपालिकाको आर्थिक सहयोगमा गरुडा नगरपालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम संचालन ग¥यो । संगमको कार्यक्रमहरूको प्राविधिक व्यवस्थापन मनोजजी नै गर्नु हुन्थ्यो । त्यस्तै २०७६ सालमा संगमले गढीमाई नगरपालिको आर्थिक सहयोगमा गढीमाई राष्ट्रिय बज्जिका कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न ग¥यो । संगमले गरेको हरेक काममा मनोज सरको भूमिका अत्यन्त सहयोगी हुने गर्दथ्यो ।
कोरोना भाइरस २०१९ ले गर्दा हाम्रो संगमले २०७७ सालमा नियमित साहित्यिक कार्यक्रमबाहेक खासै केही गर्न पाएन् । २०७६ चैत ११ गतेबाट हाम्रो नेपालमा पनि लकडाउन शुरु भएदखि दशैंसम्म कोभिड १९ कै कहर चलिरहयो । फेरि २०७८ को शूरुमा नै कोभिड १९ को दाश्रो नयँ“ अमेरिकन र इन्डियन भेरियन्टसहितको मृत्युदर उच्च रहेको कोभिड १९ ले बैशाखको तेश्रो हप्ताबाट लकडाउन शुरु भयो । यसै समयमा मनोजजी शिक्षण संस्था र पत्रकारिताको जिम्मेवारी निर्वाह गर्दागर्दै कोभिडको शिकार हुन पुग्नु भयो । शुरुमा सामान्य ज्वरो आयो । पछि सिकिस्त हुदै जा“दा नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा मिति २०७८÷०१÷१७ को एन्टिजेन परिक्षणबाट कोभिड पोजिटिभ प्रमाणित भयो । विस्तारै श्वास फेर्न गा¥हो र पछि कृत्रिम अक्सिजनमा राखेर उपचार गर्दा ठिक भईरहेको खबर हामी पाइरहयौं । २८ गते राती एकासी स्वास्थ्य बिग्रियो र बिहान हुदा“ आराम भयो । हामी मनाजजी छिटै निको भएर घर फर्किनु हुन्छ भनेर प्रतीक्षा गर्दैगर्दा २९ गते बेलुका करिब ५ बजे वहा“को प्राण यो नश्वर शरीर छोडेर हामीबाट सधैंको लागि बिदा हुनुभयो । भाइ सुनिल र साथी मनोजलाई अश्रुपुरित श्रद्धाञ्जली अर्पित गर्दै शोकाकुल परिवारका नानी–बाबुलाई सहित सबैमा यो दुःख सहन गर्ने क्षमता भगवानले प्रदान गरून् भनी कामना गर्दछु ।
रौतहट, गरूडा नगरपालिका वार्ड नं. ५, महम्मदपुर, श्रीकृष्णनगर