गणेश कुमार ठाकुर
सिरहा,जेठ ३ गते ।
नोभेल कोरोनोभाइरस (कोभिड–१९) दोस्रो लहर महामारी विरुद्ध कार्यरत स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्नको लागि उधोग बाणिञ्य संघ मिर्चैयाले स्वास्थ्य सुरक्षा उपकरण र सामाग्रीहरू उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको विशेष आग्रहमा सिरहा स्थित जिल्ला अस्पताल सिरहाका कोरोनोभाइरस (कोभिड–१९) वार्डमा रहेका स्वास्थ्यकर्मी र विरामीलाई स्वास्थ्य सेवामा थप टेवा पुगोस् भन्ने उद्धेश्यले सिरहाका विभिन्न संघ संस्थाहरुले विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग गरेको हो । नोभेल कोरोनोभाइरस (कोभिड–१९) दोस्रो लहरको समयमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले सिरहा अस्पताल कोभिड वार्ड का विरामी तथा स्वास्थ्यकर्मीलाई आवश्यक उपकरण तथा सामाग्री सहयोग गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी कणेलले बताए । अवस्था भयावह हुन सक्ने स्थिति र दाताहरुले सहयोग गर्न चाहेको अवस्थामा प्रजिअ कणेलले कोविड अस्पताल नै उत्तम रहेको औल्यउदैं आग्रहमा स्थानीय समाजसेवी अगुवावाट सो सहयोग भएको हो । स्वास्थ्य संस्थामा आवश्यक सामग्री रेडक्रस लहान उपशाखाले ४ थान र्थमसगन,उद्योग वाणिज्य संघ मिर्चैयाका सचिव भरत महासेठले ५०० थान मास्क र सेनिचाईजर २० थान उपलव्ध गराएको छ भने उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष प्रमोद कुमार पौद्यारले ५० थान (कोभिड–१९) विरामीका लागि सहयोग गरेका छन् । त्यस्तै नेपाल वार एसोसिएसन सिरहा शाखाका जितेन्द्र कुमार सिहंले ल्यवमा लत्ता कपडा र भाडा उपलव्ध गराएका हुन् । सिरहा अस्पताल (कोभिड–१९) वार्डका विरामीलाई मास्क, सेनिटाईजर र तन्ना, पिसिआर ल्यावका स्वास्थ्यकर्मीलाई लजिस्टिक र ईलाका प्रहरी कार्यालय लहानलाई ४ वटा थर्मल गन स्थानीय स्तरमा उपलब्ध गराईएको प्रमुख जिल्ला अधिकारी कणेलले बताएका हुन् । स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने अवश्यक छ । स्वास्थ्य संस्थामा आवश्यक सामग्री सहयोग गरेकोमा प्रजिअ कणेलले कदर पत्र प्रदान गर्दै सामग्री सहयोग प्राप्त हुँदा विरामी देखि स्वास्थ्यकर्मी सम्म खुसी भएको भन्दै स्वास्थ्यकर्मीले यसको उपयोगिता बुझनु पर्ने बताए ।