उपेन्द्र गोले
रौतहट ३ जेठ ।
रौतहटमा आइतबारबाट नगर प्रमुखहरुले होडवाजी चल्न थालेको छ । रौतहटमा पछिल्लो समय कोरोना संक्रमणले उच्च स्थान लिन थालेपछि चारैतिरबाट आलोचना हुदै आएको थियो । तर आइतबार रौतहटको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले आफु चढ्ने गाडीलाई पहिलो पटक कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्स बनाइपछि आइतबार साझबाटै रौतहटका अन्य नगरपालिकाहरुले समेत आफ्नो गाडीदेखि निशुल्क सेवा दिने सम्मका निर्णयहरु गर्न थालेका छन । आइतबार साझ नै रौतहटको दुर्गा भगवती गाउपालीकाका अध्यक्ष अरुण कुमार साहले पनि आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गर्नु भएको थियो । त्यसैगरि सोमबार देवाही गोनाही नगरपालिकाले आफ्नो नगरवासीहरुका लागी निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भयो । अहिले नागरिकहरुलाइ बचाउनु मुख्या दायित्व भएकाले नगरपालिकाले नागरिकहरुको उच्च सम्मानका लागी सकेको सम्पुर्ण सेवा दिन तयार रहेको देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी पटेलले बताउनु भयो । त्यसैगरि बौधीमाइ नगरपालिकाले सोमबारबाट थप एक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणका बेला बिरामी लान ल्याउन एम्बुलेन्सको अभावले बिरामीको ज्यान जाने सक्ने भएकाले त्यो परिस्थिती आउन नदिन थप एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख राजिव रंजन यादवले बताउनु भयो । बिपतको घडीमा रौतहटका १८ ओटै स्थानिय तहहरुले यस किसिमका नागरिकहरुप्रति बफादार बन्ने कार्य गर्नु पर्नेमा गरुडाका अजय कुमार साहले जोड दिनु भएको छ ।