राजेन्द्र महतो जेठ ३ गते ।
सिरहाको धनगढीमाई न. पा. –१२ बर पिपल स्थित विष्णुपुरकट्टी स्वास्थ्य चौकीमा सामान्य सिटामोल समेतको औषधिको अभाव रहेको छ । स्वास्थ्य चौकीमा सामान्य रुघखोकी , ज्वरोको औषधि नपाएर बिरामीहरू घर फर्किने गरेका छन । स्वास्थ्य चौकीमा कार्यरत सबै स्वास्थ्यकर्मी नियमित कार्यालय समयमा आएपनि औषधि अभावका कारण बिरामीको उपचारमा कठिनाई उत्पन्न भएको हो । कोरोना संक्रमण बढिरहेको अवस्थामा यस अस्पताललाई कोरोना अस्पताल बनाउने समयमा स्थानिय जनप्रधिनिधिको चरम लापरवाहीका कारण यस अस्पतालमा हरेक कुराको समस्या देखिन थालेको स्थानीय ले बताएका छ्न । स्थानिय धनगढीमाई न. पा. –१२ मा क्वारेन्टाइन नभएको र स्वास्थय चौकीमा अक्सिजनको एउटा सिलिन्डर समेत नरहेकोले स्थानिय सरकार प्रति स्थानीय जनता आक्रोसित भएका छन् । स्थानिय विष्णुपुरकट्टीमा ज्वरो लागिरहने मानिसहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । यस्तो अबस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहा र स्वास्थ्य शाखा धनगढीमाईले तत्काल यस स्वास्थ्य चौकी को लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री र पूर्वाधारप्रती संवेदनशील नभए स्थिति भयावह हुने स्थानीय पत्रकार विनोद मन्ड्लले बताएका छ्न ।