रेणु गुप्ता
ड्ड भनिन्छ परेपछि धेरै कुरो जानिन्छ । आजको समय त्यस्तै परेको छ र यसले हामीलाई धेरै कुरो सिक्ने मौका दिएको छ । बिहान उठेपछि भगवानको नाम लिएर उठ्ने बेलामा अहिले बेडमै हुँदा फलानो बितेछ नि राति भनेर मोबाइलमा फोन आइपुग्छ र हामी पनि थप जिज्ञासु बन्दै केले गर्दा ? कसरी भनी अनेक प्रश्नहरु पनि गर्न थालेका छौं । त्यति मात्र होइन मोबाइलका फेसबुकहरु जन्मदिनको शुभकामना, विवाहको सालगिरह, विभिन्न यात्राका सुन्दर तस्विरहरु, उद्घाटन, शिलान्यासले भरिएका ठाउँहरु अहिले हार्दिक श्रद्रान्जलीले भरिएका छन् । परिचित, अपरिचित जो भए पनि अन्ततः मानिस भएपछि भावुक हुनु र मन संवेदनशील हुनु स्वाभाविक नै हो । टिभिका विभिन्न च्यानलहरुले देखाउने समाचारहरु पनि कोरोना महामारीसँगै सम्बन्धित रहेका छन्, टोलछिमेकमा सुन्ने चर्चा परिचर्चामा कोरोनाबाट मृत्यु हुने र संक्रमितहरुकै बारे भए गरेका कुरा सुनिन्छ । यसरी मानिस भटाभट मरिरहेका छन् जसरी मानौ किराफट्याङग्रा । के मानिसको जीवनको कुनै मोल नै छैन ? महत्व त हरेक कुरो हुन्छ र हुनु पनि पर्छ एउटा जनावरले आफ्ना बच्चाहरुसित प्रेम गरिरहेको देख्दा उनीहरुमा पनि भावना, स्नेह रहेको पुष्टि हुन्छ भने हामी मानव हो हाम्रो हरेकको भूमिका उतिकै महत्व राख्दछ । एउटा रिक्सा चालक बिहान काममा हिँड्दा उसका परिवारले ऊ बेलुका कतिखेर कमाएर घर फर्किन्छ र फर्किदा चुल्हो बाल्ने जोहो पनि ऊसँगै आउने हुनाले साना साना बालकहरु पनि ननिदाई उसको प्रतिक्षामा हुन्छन् । ज्याला मजदुरी गरी खानेका लागि पनि आफ्नो परिवार उत्तिकै प्रिय हुन्छ । परिवारका सदस्यलाई खुशी राख्न र परिवारका सदस्यले मिलेर देखेका सपना पूरा गर्न मानिस परदेशमा पुगेर कमाउन बाध्य छन् । खाडी मुलुकसम्म पनि पुग्नेहरु छन् र सात समुद्र पारि पुग्नेहरु पनि छन् । जो आफ्ना इच्छा, चाहना मारेर परिवारलाई खुशी पार्न अनेक प्रयास गर्छन् । आज यसरी सधैका लागि छाडेर जानेहरु जो कहिले नफर्किने गरी आफ्नो परिवार, साथीभाइलाई छाडेर गइरहेका छन्, सोच्दै नसोचेका व्यक्तिहरु जसको अहिले यहाँ खाँचो छ त्यस्ताहरु पनि अचानक बितिदिएका खबरहरु सुन्दा मन भतभत पोलेर आउँछ । एउटाको खबरले स्तब्ध बनाएको मन राहत नै नपाउँदै अर्को चोट खप्नु परिरहेको छ ।
ड्ड गल्ती त हामी मानवको पनि हो । हामी सुखमा भुलेपछि भोलि के हुने होला भन्ने बारेमा सोच्न पनि चाहँदैनौ । आज विदेशमा कमाउन गएका हाम्रा नेपाली दाजुभाइ आफ्ना गाँसबाट काटेर अक्सिजन पठाएका छन् भने यहाँका व्यापारीहरु बढी कमाउने बहानामा अक्सिजनका सिलिन्डरहरु लुकाएर राखेको पनि सुनिन्छन् । ती नेपाली आमाका सन्तानहरु पक्कै पनि सलामयोग्य छन् जो विदेशमा भएर पनि आफ्ना देशका दाजुभाइ महामारीले मरिरहेको बेला सहयोग गर्न अलिक पनि पछाडि परेनन् । यस्तो विपत्तिको बेलामा हामी आफ्नो स्वार्थलाई छाडेर बेड नपाएर मरिरहेकाहरु, अक्सिजन नै नपाएर ज्यान गुमाइरहेकाहरुलाई सहयोग गर्नु पर्ने होइन र ? ज्यानै नरहे के गर्नु धन थुपारेर । मानिसका लागि ठूलो धन भन्नु नै उसको स्वास्थ्य हो, त्यसकारण यस्तो परिस्थितिमा हामी सचेत रही, सामाजिक दुरी कायम गर्दै आफ्नोबाट हुन सक्ने सहयोग गर्न अगाडि सरौं ।
ड्ड रौतहट जिल्लाको एक दिनको मर्नेको तथ्याङ्क १० जनासम्म पनि हुन पुग्यो एक दिन । जिल्लाभित्र र जिल्लाबाहिर गरी रौतहटका नागरिक एकै दिनमा कोरोनाको कारण बितेको यो सबैभन्दा बढी थियो । अर्को एक दिन मध्यरौतहटको एउटा गाउँको श्मशानघाटमा एक्कैचोटि तीन जनालाई सद्गति गरिरहेको सुनिनमा आएको थियो, त्यो दृश्य देख्दा त्यहाँका मानिसहरुको मुटु कस्तो भएको होला ? सञ्चारका विभिन्न माध्यमहरुबाट देश विदेशका खबरहरु देखाउनु, विभिन्न माध्यमहरुबाट खबरहरु सुन्नु अर्कै कुरो हो र आफ्नो आँखाले प्रत्यक्ष देख्नु अर्कै । अर्थात् आज हामी पनि यस्तो संवेदनशील अवस्थामा पुगिसकेको कुरो तथ्याङ्कबाट प्रष्टिन्छ । विदेशको अवस्था मात्र होइन, ठूल्ठूला शहरहरु मात्रै होइन अब त हाम्रो गाउँघरको पनि अवस्था ज्यादै बिग्रिसकेको हो कि ? मानिस यस्तो धर्मसंकटमा छन् कि आफ्न्त बितेको खबर सुनेर पनि त्यो लाशलाई एकचोटि अन्तिम क्षणमा अन्तिम दर्शन गर्न वा अन्तिम सलामी दिन वा मलामी जान पनि डराइरहेका छन् । समय यतिसम्मको कठोर बन्न सक्ला भनेर तपाई हामी कसैले कल्पनासमेत पनि गरेका थिएनौँ होला । यसले हामीलाई ठूलो पाठ पनि सिकाएको छ । आज हामी जे कुराकोे घमण्ड गरेर बसेका थियौँ वास्तवमा रोबरवाफ, धनसम्पत्ति, म ठूलो तँ सानो यी केही होइन रैछ ।
ड्ड सबैभन्दा ठूलो कुरो ज्यान हो र यसले आफ्नो लागि मात्र नभई अरुका लागि पनि उत्तिकै महत्व राख्दो रहेछ भनी हामीले बुभm्नु पर्छ । अहिलेको समयले सिकाएको यथार्थ हो यो । यही कुरालाई बुझेर देशको अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मानिसलाई जोगाउनु राज्यको पहिलो धर्म भएको अहिले देखिएको छ । राज्यका सबै संयन्त्रको ध्यान अहिले कोरोनाको नियन्त्रणतिर गएको छ ।
ड्ड हामीले आफ्नो स्वार्थ पूरा गर्न जंगल फडानी ग¥यौँ, बस्ती बसाल्यौं, प्रकृतिको सुन्दरतालाई मिचेर हामी आधुनिक बन्ने कोसिस ग¥र्यौै र भएका रुखबिरुवाहरु काटेर पन्छयायौ । त्यतिमात्र कहाँ हो र ? गाउँटोलमा ठूलो कहलाउन एसि लगायौं र आज त्यो हजारौं रुपैंया तिरेर ल्याएको एसिको के काम ? त्यसैले हामी प्रकृतिको सुन्तरतालाई मिच्ने काम नगरौं । हामी सबै पैसा तिरेर अक्सिजन किन्न सक्ने हैसियतका नहुन पनि सकौला । त्यसैले घरवरिपरि रुख बिरुवा लगाऔं । यही हाम्रो जीवनको आधार बन्न सक्छ होला । अस्पतालका बेडमा छटपटिरहेकाहरुका लागि त यो जीवन बचाउने आधार नै बनेको छ तर जो घरमा छौ वा निरोगी छौँ तिनीहरुका लागि पनि शुद्घ र ताजा हावा नै आधार भएकाले अबदेखि जुन हात हरिया वृक्ष काट्नका लागि उठ्थे ती हातहरु हरिया वृक्ष लगाउनका लागि उठेदेखि भोलि आउने संकटबाट बच्ने सक्ने थियौं होला । यो एउटा ठुलो महामारी हो र भोलिका दिनमा अर्को महामारी नआउला भन्न सकिन्न । त्यसैले आफ्ना सन्ततिका भविष्यलाई हामी कसरी सुरक्षित बनाउन सक्छौ ?ं यसप्रति हाम्रो सोच हुनुपर्छ । यतातिर पनि हामीले गम्भीर भएर विचार गर्नु आवश्यक छ । विगतका दिनमा हामीले देखेका वा सुनेका छौं कि महामारीले गाउँका गाउँ सखाप भएका थिए रे । त्यस्तो परिस्थिति आगामी दिनमा पनि नआउन दिनका लागि पनि हामी सचेत बन्नै पर्ने भएको छ । कम्तीमा रुखबिरुवाको संरक्षण गरौँ र नितान्त अहिलेको परिस्थितिमा सबै मिलेर यसको सामना गरौं । कोरोनाबाट जोगिने सबै उपाय गरौँ । अरुलाई पनि उपाय अपनाउने सुझाव दिऔँ र सल्लाह दिऔँ । ज्यादै लापरवाही गर्नेलाई प्रहरीको जिम्मा पनि लगाऔँ । अन्य किसिमले पनि तिनलाई नसिहत दिन सकिन्छ । यसको मतलब यति मात्र हुन्छ कि कोरोनाको नियमको पालन होओस् । एकअर्कालाई संक्रमण हुनबाट जोगाऔँ र आशा गरौं यो महामारीबाट देशले छिट्टै छुट्कारा पाउनेछ । हामी सबैले यही कामना पनि गरौँ कि देशले महामारीबाट छिट्टै छुटकारा पाओस् र अब यस्तो समय कहिले पनि कसैले पनि देख्न नपरोस् । हुन त अहिले कोरोनाको तेस्रो लहर आउन बाँकी नै छ भन्ने पनि भनिन थालिएको छ । त्यस्तो परिस्थिति नआओस भन्ने कामना पनि गरौँ । समाजका सबै नागरिक मिल्यौँ भने हामी आफ्नो समाजलाई कोरोनामुक्त गर्न सक्छौँ ।