राजेन्द्र लहान जेठ ४ गते।
सिरहाको लहान न। पा। मा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ ।
लहान नगरपालिका वडा(६ का अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले बताएका छ्न। उनका अनुसार डा। चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा। चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।