। कोरोना संक्रमितलाई रेम्डेसिभिर नामक औषधी बिहीबार देखि पुनः विक्रि वितरण हुने भएको छ । दुई साता अघि संघीय सरकारले सशुल्क उपलब्ध गराएको १ सय २ वटा भाइल सकिएपछि विक्रि वितरण बन्द भएको थियो । बुधबार थप ४ सय भाइल आएपछि बिहीबारदेखि विक्रि वितरण शुरु गरिने प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. प्रमोद यादवले जनाए । मेसु यादवका अनुसार ६ डोज रहेको भाइल पाँच हजार एक सयमा विक्रि गरिएको छ । कोरोना संक्रमितले लिने उक्त औषधी विक्रि वितरण गर्न अस्पतालले डा. जामुन प्रसाद सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमार्फत उक्त औषधी विक्रि वितरण भइरहेको अस्पताल श्रोतले जनाएको छ । विक्रि भएको बील र खाली भाइलसमेत जम्मा भइरहेको मेसु डा. यादवले जनाए । उनका अनुसार पहिलो पटक ल्याएको रेम्डेसिभिर औषधी सकिएपछि फेरी चार सय भाइल ल्याएको छ । उक्त औषधी विक्रिको लागि प्रादेशिक अस्पतालको फार्मेसीमा राखिएको छ । सरकारले तोकेको दर अनुसार अस्पतालले औषधी विक्रि गरिरहेको उनले बताए ।
जनकपुरः प्रादेशिक अस्पतालमा रेम्डेसिभिर औषधी उपलब्ध जनकपुरधाम
1 Min Read