सामाजिक संजाल मार्फत मानसिक यातना दिने कार्य बन्द गर्नु स्डा।निरज सिंह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
सामाजिक संजाल मार्फत मानसिक यातना दिने कार्य बन्द गर्नु स्डा।निरज सिंह

स्मिथ रजक जेठ १५ गते
पर्सा जिल्लाको विरगंजमा रहेका नारायणी उपक्षेत्रीय अस्पतालका बरिष्ठ फिजिसिएन एवं डाइलोसिस डिपार्टमेन्ट प्रमुख डाक्टर निरज कुमार सिंहले चार चार पटक डाइलोसिस गरेर बचाउने प्रयास गरेको विरामीको भएको मृत्युको विषयलाइ लिएर सामाजिक संजाल मार्फत मानसिक यातना दिने कार्य भइरहेको गुनासो गर्दै द्खुसो पोखेका छन् ।

नेशनल मेडिकल कलेज विरगंजमा डाइलोसिस गराउदै आएका आदर्श मिश्रको पिता विनोद मिश्रको जेष्ठ ११ गते चितवनमा उपचारको क्रममा भएको निधनको विषयलाइ लिएर केहि दिन देखि सामाजिक संजालमा नारायणी अस्पतालका डाक्टरले राम्रो संग डाइलोसिस नगरेको कारण मिश्र को निधन भएको भन्दै अस्लिल गाली गर्नुको साथै व्यक्तिगत आलोचना गर्दै आएको विषयमा डाक्टर सिंहले सामाजिक संजालमा भिडिओ जारी गर्दै डाइलोसिसको सम्वन्धमा प्रस्ट परेका छन् ।
डाक्टर सिंहले सार्वजनिक गरेका भिडिओमा नेशनल मेडिकल कलेजमा डाइलोसिस गराउदै आएका मिश्र कोरोना संक्रमित भएपछी नारायणीमा रेफर गर्दा बैशाख १० गते , जेष्ठ १ , ४ र १० गते डाइलोसिस गरेको उल्लेख गरेका छन् ।
कोभिडका विरामीको लागि नारायणीमा रहेको २ वटा मेशिन मध्ये एउटा खराव भएको र १० गते ३ जना गम्भीर अवस्थाका विरामी रहेकोले कसलाइ के गर्ने सम्वन्धमा समस्या भएपछी मेडिकल सुपरीटेनडेन्ट डाक्टर डाक्टर विरेन्द्र प्रधान संघ संयुक्त बैठक गरि बैठकबाट भएको निर्णय अनुसार मिश्र र अर्का विरामी उप्रेतीलाइ डाइलोसिस गरेको दावी गरेका छन् । मिश्रलाइ साढे तिन घण्टा तथा उप्रेतीलाइ २ घण्टा डाइलोसिस गरेकोमा उप्रेती सकुसल रहेका छन् भने नारायणीबाट १० गते नै रेफर गरेर चितवन लागेको मिश्राको मृत्यु भएको सुनेर आफु दुखित भएको बताएका छन् १ डाक्टर सिंहले भने मिश्राको मृत्युबाट दुखित भएको छु बचौं का लागि चार चार पटक डाइलोसिस गरेको थिए । १०४ डिग्री भन्दा बढी ज्वरो रहेको बुझिएको बताउदै मानिसको मृत्यु रोग र रोगको गम्भीरताले प्रभाव पर्ने भएकोले इमान्दारिता पुर्वक कार्य गर्ने डाक्टरलाइ मनोवल खसाल्ने कार्य नगरी दिन हुन् अपिल गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस