देश विभिन्न स्थानीय तहहरू खुल्ला दिसामुक्त घोषणा भई सके तर पनि सार्वजनिक सौचालयको अभाव देखिन्छ । खुल्ला दिशामुक्त जिल्लामा सार्वजानिक शौचालय नहुनु लज्जास्पद बिषय पनि हो । जिल्लाको चर्चित ठाउँहरू कटहरिया, चन्द्रपुर, गरुडा, गौर नगरपालिका व्यस्त ठाउँ मानिन्छ । तर ती ठाउँहरूमा पनि सार्वजनिक शौचालय भेट्न साह्रै मुश्किल पर्ने देखिन्छ । दिसा पिसाबले च्यापेकाहरू नजिकैका होटल, खाजा घर छिरेर भोक नलागे पनि खाने कुरा खान वा दिसा पिसाब च्यापेर हिड्न बाध्य रहेका छन् । कुनै पनि नगरपालिकाको बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा अवस्था दुर्गन्धित र प्रदूषित हुने गरेको छ । शहरीकरण विस्तार भइरहदा व्यवस्थित सार्वजनिक शौचालय निर्माणमा जिल्लाका कुनै नगरपालिकाले योजना नै बनाउन सकेका छैन । जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि सर्वसाधारणलाई पाइखानाको अभाव चाहि सधै उस्तै रहेको छ । सर्वसाधारणहरु मलमूत्र विसर्जन र पाइखानाको लागि घरको भित्ता कुनाकानी खोज्न बाध्य रहेका छन । सरकारले सरसफाइको जिम्मेवारी पालिकाहरुलाई दिएकाले पालिकाले स्पष्ट नीति बनाएर सार्वजनिक शौचालयको समस्या समाधान गर्नु पर्ने हो तर गर्न सकेको छैन् । सार्वजनिकशौचालयहरु प्रति स्थानीय सरकारको प्राथमिकतामा कम पर्ने गरेको छ । सार्वजनिक शौचालय नहुनुको कारणमा नगरपालिकाहरु नै मुख्य दोषी देखिएका छन ।