पानीको सदुपयोग — किशुनदयाल श्रीकृष्ण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
पानीको सदुपयोग — किशुनदयाल श्रीकृष्ण


पानी प्राणी मात्रको लागि प्रकृतिबाट पाएको अमुल्य उपहार हो । पानी बिना कुनै पनि प्राणी बाच्न मुसकिल पर्दछ । हामी मानवका साथै जीव जानवर र रुख विरुवालाई पनि पानी अति नै आवश्यक छ । पानकिो आवश्यकता हमेशा हुने हुने भएकोले यसको सदुपयोग र संरक्षण गर्नु अति आवश्यक छ किन कि पृथ्वीमा स्वच्छ र स्वस्थ्य पानीको उपलब्धता दिन प्रति दिन कम हुदै गइरहेको छ । पानीको श्रोत कम हुनुमा सबभन्दा दोष मानव मात्रको हो जस्तो मलाई लाग्द छ । यस पृथ्वीमा रहेको सम्पूर्ण प्राणीलाई पानी अति आवश्यक हो । स–सानो किरा देखि ठूल–ठूलो ब्लु व्हेल सम्म हामी सबैलाई बाँची रहनको लागि पानीको आवश्यकता पर्दछ । पानीको आवश्यकता यति छ कि हामी करिब एक हप्ता सम्म खाना बिना बाँच्न सक्छौ जब कि हामी पानी बिना तीन दिनसम्म मात्र जिवित रहन सक्छौं । हामी स्वस्थ्य जीवन जिउनको लागि प्रति दिन छौ देखि आठ लिटर सम्म शुद्ध पानी पिउनु आवश्यक छ । पानी सबै जीवत प्राणीको अस्तित्वको लागि महत्वपूर्ण छ । पानीको उपयोग हाम्रो भोजनको लागि, भोनको लागि चाहिने अन्न बाली, सागपात, फलफूल, रुख विरुवा आदि उव्जाउनको लागि पानीको प्रयोग गरिन्छ । विद्युत् उत्पादन गर्नको लागि पानीको आवश्यकता पर्दछ । हाम्रो शरीरलाई सरसफाई राख्नको लागिको साथै हाम्रो वरिपरिको वातावरणलाई सफा राख्न पनि पानीको नै आवश्यकता पर्दछ । यो पृथ्वीमा पानी नै जीवनको सार हो । पानी बिना हामी बाच्न सक्दैनौं । पानी नै जीवन हो ।
पानी हाम्रो खानाको एक महत्वपूर्ण अंश हो । हामीलाई चाहिने अति आवश्यक पानीको श्रोत अनेक छन् । हाम्रो पृथ्वीको बनावटमा तीन भाग मध्ये दुई भाग पानी र एक भाग जमीन हो । पानी हामीले देखिने गरि जमिनको बाहिरी र भित्रि सतहबाट आएको देख्छौं । जमीन मुनि रहेको पानीको श्रोत पनि विभिन्न प्राकृतिक स्वरुपमा मूलबाट बाहिर आउँछ भने हामी मानवले कृत्रिम प्रक्रिया कुवा, इनार, बाट पनि जमीन मुनिको पानी निकालेर आफ्नो उपयोगमा ल्याउँछौं । जमिन मुनिको पानी निकालने आधुनिक प्रविधिहरू बढी प्रभावकारी छन् । आधुनिक प्रविधिहरूमा चप्पाकल, बोरिंगबाट विभिन्न पावर र मात्राकम आधुनिक उपकरणहरू जस्तै दमकल, मोटर पम्पको प्रयोग गरि जमिन मुनि रहेको शुद्ध पानी बाहिर निकालेर खाने पानी देखि लिएर गाई वस्तुलाई खान तथा सरसफाई गर्नुको साथै जीवन उपयोगी बाली–नालीलाई सिंचाई गर्न पनि त्यसको प्रयोग गर्दछौं । वैज्ञानिकहरूको अनुसार जमिन मुनि रहेको पानीको मात्रा सिमित छ । त्यसैले हामी त्यसको प्रयोग उचित मात्रामा गर्नु पर्दछ न कि त्यसलाई बाहिर निकालेर त्यसको दुरुपयोग । हामीले हर समय सम्भव भए सम्म पानीको अनावश्यक खर्चलाई रोक्नु पर्दछ ।
हामीलाई चाहिने जीवन उपयोगी पानीको बाहिरी श्रोत अनेक छ । त्यस मध्ये प्रत्यक्ष हो नदी, नाला, हिउँ र मुख्य रुपमा अकाशे वर्षाको पानी । वर्षाको पानीको कुरा आउँदा हामी पानीको चक्रलाई पनि बुझनु पर्ने हुन्छ । पानीको चक्रमा सबभन्दा अहम भूमिका सूर्यको तापको हुन्छ । यस पृथ्वीमा हामीले प्रयोग गरेको वा दुरुपयोग गरेको पानी सूर्यको तापबाट तातो भएर आफ्नो सूक्षम रुप हाईड्रोजन र अक्सिजनमा विभाजन भई वायुमण्डमा मिसिन जान्छ । वायुमण्डमा चिसो भएर बादल बनी वर्षाको रुपमा फेरी यही पृथ्वीमा आई पुग्दछ । यो जलचक्र हेर्दा हामी पानीको सही सदुपयोग गर्ने हो भने पानीको खासै समस्या नहुनु पर्ने हो तर हामी आधुनिक मानव जाति यो जलचक्रमा आफ्नो क्षणिक स्वार्थ पुरा गर्न विभिन्न बाधा उत्पन्न गर्दछौं । हामी मानव जति मात्रामा प्राकृतिको दुरुपयोग गर्दछौं त्यसको दोब्बर मात्रामा हामीले त्यसको मूल्य चुकाउनु पर्दछ । जस्तै हामी हाम्रो वरपर रहेको रुख विरुवा जो हमेसा जीवनलाई चाहिने आक्सिजन उत्पादन गर्नेलाई नाश गरि झन त्यसलाई आगोमा बालेर त्यसबाट जीवनलाई हानी गर्ने कार्बनडाईअक्साइड उत्पादन गरेर वायुमण्डको वातावरण बिगारेर त्यसको प्रभावबाट अहिलेको विभिन्न रोग–व्याधी र माहामारीको रुपमा हामीलाई नै प्राप्त भई रहेको छ ।
वर्षाको पानीको कुरा चल्दा पहिलेका हाम्रा बाबु–बाजेले भने गर्नु हुन्थ्यो कि आज सुगरकोन्ही (पश्चिम र दक्षिणको कुनाबाट) हावा चल्यो भने भोली अवश्य पानी पर्ने नै छ भने वहाँहरू विश्वस्त हुनुको पछाडीको कारण थियो । त्यस बेलाको वातावरण संतुलन । वहाँहरू रुख विरुवा बढी भन्दा बढी लगाउने गर्थे न कि भए भरको रुख विरुवा काटेर वातावरण बिगार्थे । हामीले जहिले पनि प्रकृतिको सम्मान गर्न सक्नु पर्दछ । हामसिँग भएको प्राकृतिक श्रोत साधनको सदुपयोग गर्नु पर्दछ । जलचक्रको वातावरण बिग्रेकोले कि त हामी कहाँ अति नै वर्षा भएर जन–जीवन कष्टकर बनाई दिन्छ कि त खडेरी परेर जन–जीवन बिनाश गर्न पुग्दछ । यसको प्रत्यक्ष प्रभाव हामी अहिले भएको चक्रवाती तुफान “यास”लाई लिन सक्छौं । यो तुफान उडिसाको पाराद्विपबाट २८० कि. मि., बालासोरबाट ३८० कि. मि. र बंगालको दीघाबाट ३७० कि. मि. बंगालको खाडीबाट चलेको थियो । भारतीय मौसम विभागको अनुसार यो तुफान पहिलो चोटि २३ मईको देखिएको थियो । मौसम विभागको अनुसार एक उष्ण प्रदेशिय असंतुलनको कारण यो चक्रवातको उत्पति भएको हो । यति बेला उत्तर भारतीय सामुद्रिक तुफानको मौसम चलि रहेको छ । यो पहिले पनि चल्थ्यो तर यस्तो असन्तुलनको अवस्थामा नभएर संतुलित अवस्थामा चल्दा समयमा सही मात्रामा पानी पार्ने ग¥थ्यो । जसको पुरा पुरा लाभ यहाँका किसानले पाउँथे ।
खासमा यो उष्ण प्रदेशिय असन्तुलन के हो ? यसको अर्थ हुन्छ यस मौसममा जुन पनि तुफान बन्दछ । त्यसको केन्द्र आम रुपमा तातो हुन्छ र यो वायुमण्डलीय पर्यावरणमा भर पर्दछ । यसको प्रमुख ५ वटा कारण हुन्छ । पहिलो हो तातो समुद्रको पानी जो कमतिमा २६.५ डिग्री सेल्सियस हुन्छ । दोश्रो हो सबभन्दा प्रभावकारी वायुमण्डलीय असन्तुलन । तेश्रो हो ट्रापस्फियर (क्षोभमण्डल) को तलो भागमा उच्च स्तरको आद्रता । चौथो हो कम दबाववाला क्षेत्र र पाँचौ हो तलो स्तरको सिधा तेज हावा । जब यो सबै एकसाथ हुन्छ अनि उष्ण प्रादेशिक असन्तुलन बन्दछ जसको कारणले यस मौसममा चक्रवाती तुफान आउन थाल्छ । यसले सबभन्दा बढी पश्चिम बंगालमा हानी पु¥याउनु का साथै उडिसा, आन्ध्र प्रदेश समेत अनेक समुद्रिक तटिय राज्यहरूमा हानी पु¥याएको छ । यो तुफानको प्रभाव झारखण्ड हुदै बिहार र उत्तर प्रदेशबाट नेपालमा प्रवेश गरेको थियो । यसले किसानको लागि चाहिने वर्षाको पानी भन्दा पहिले आएर सदुपयोग हुन सकेको छैन् । यसले नेपालको सम्पूर्ण भागमा आफ्नो प्रभाव पारेको छ । यसले हिमालमा हिउँको वर्षा गरायो भने तराई मधेशका किसानको खेत तयारी भई नसकेकोले किसानले बिउँ छर्न पाएको थिएन । यसले अर्को तिर किसानलाई अकासे वर्षाको पानी चाहिने बेला अषाढको दोश्रो हप्ता पछि ढिलो पर्ने हो कि ? यदि यस्तो भयो भने हामी वातावरणलाई असन्तुलन बनाएकोले यसको प्रभाव भएको स्विकार गनुृ पर्ने हुन्छ । त्यसैले हामी समयमा सचेत भएर बढी भन्दा बढी रुख विरुवा लगाई वातावरण सन्तुलन कायम गर्नमा मदत गर्नुका साथै यस जगतका सम्पूर्ण प्राणी मात्रलाई चाहिने पानीको दुरुपयोग रोकी भविष्यको लागि पानीको बचत गर्न तर्फ जोड दिने हाम्रै दायित्व हो भनी सोचौं ।

ताजा अपडेट

खोजी गर्नुहोस