संगत गुनाको फल अर्थात् हामी जस्तोको संगत गर्छौ हामी पनि त्यस्तै हुन्छौ । यहाँनिर कुरा गर्दैछौ केही यस्ता पात्रहरुको जसले आफ्नो जीवनमा कहिल्यै न त राम्रो गरे न त कहिल्यै कसैप्रति राम्रो सोचें नै । भनिन्छ बच्चाको दिमाग खाली भाँडोजस्तै हुन्छ, त्यसमा हामी जे जसरी भर्न खोज्छौं त्यही हुन्छ ।
शाक्यका राजा शुद्वोधन शक्तिशाली, पराक्रमी राजाका रुपमा परिचित थिए । सर्वत्र यिनको वीरताको चर्चा चल्थ्यो तर सन्तानको अभावमा सबैथोक भएर पनि केही नभएको जस्तो लाग्नु पनि स्वाभाविक नै हो । आफ्नो कुनै सन्तान नभए पनि मन राख्नका लागि भाइ दुधोदनका छोरो देवदत्ततलाई असाध्यै माया गर्ने गरेका थिए । यही मौका छोपी देवदत्तकी आमा मंगलाले शाक्य राज्यको राजकुमारको रुपमा आफ्नो छोरो देवद्वतलाई हेर्न पाऊँ र त्यहीअनुसारको साना बालक देवदत्तलाई सिकाउने र उचाल्ने काममा उनी रातोदिन लागिन् । यहाँसम्म कि जब पुत्र प्राप्ति महायज्ञपश्चात् राजा शुद्वोधन पुत्र प्राप्त गर्ने भन्ने खबरले सारा शाक्य राज्य खुशीमा रमाइरहेको बेलामा मंगला निकै दुःखी भएकी र मायावतीको गर्भको बच्चालाई नै मार्न पाए भनेर प्रयास पनि नगरेकी होइनन् किनकि त्यहाँ एउटी आमाको आफ्नो छोरो देवदत्तलाई भावी राजा बनाउने सपना चकनाचुर हुन लागेको संकेत प्रस्ट रुपमा देखिन थालेको थियो ।
सिद्धार्थको जन्मपश्चात मंगलामा ईष्र्याको सीमा नै रहेन । जतिजति सिद्धार्थ ठूलो हुदैं गए उनीसित देवदत्तको व्यवहार उति नै धारिलो तरबारको जस्तै हुदैं गयो । खेल्दा होस् वा शिक्षा आर्जन गर्दा होस् हरेक पाइला–पाइलामा अप्ठ्यारो सृजना गर्ने काममा देवदत्त कहिल्यै पछाडि परेन् तर जतिसुकै पछाडि पार्न खोज्दा पनि सिद्धार्थ कहिल्यै आफ्नो काममा पछाडि पर्न सकेनन् । भनिन्छ सत्यमा धेरै शक्ति हुन्छ सायद सिद्धार्थको सत्य कर्म, निरन्तर मिहिनेत र घोर तपस्याका कारण नै उनी एशियाका तारा बन्न सफल भए । यदि दृढ इच्छा शक्ति छ र त्यो इच्छा शक्ति प्राप्त गर्न मानिस प्रयास गर्छ भने एक दिन ऊ अवश्य सफल हुने रहेछ भन्ने कुरोको उदाहरण बन्न सफल भए भगवान बुद्ध ।
सिद्धार्थको विवाह यशोधरासित तय हुँदा पनि आमा मंगला र छोरा देवदत्त त्यो विवाह असफल गर्न अनेक प्रयासहरु रचे र यशोधरासित आफ्नो छोरो देवदत्तको विवाह हुन पाएकोमा विवाह समारोहमा आमा मंगला सहभागी समेत पनि हँुदिनन् । विवाहमा राजदरबारका सबैको सहभागीता रहेको र मंगलालाई नदेखे पछि सिद्धार्थ चिन्तित हुन्छन् उता सिद्धार्थका बुवा राजा सुद्धोधन र कान्छी महारानी प्रजापति समेत चिन्तित भएको देखिन्छ । मंगला राजकुमार सिद्धार्थको विवाहमा किन सहभागी नभएकी होलिन् भनेर कारण बुभm्दा आफ्नो छोरो देवदत्तको यस दरवारमा कुनै अस्तित्व नरहेको र जबसम्म आफ्नो कुनै सन्तान भएन तबसम्म देवदत्तलाई नै राजा सुद्धोधनले छोरो जस्तै मानेको र अहिले उनका लागि सिद्वार्थमात्र सबथोक हुन गयो । त्यसकारण सिद्धार्थको विवाहमा सामेल नभएको भन्दा राजा सुद्धोधनले देवदत्तका लागि पनि राज्य छुट्याउने र आफूले कसैसित राम्रो र कसैसित खराब व्यवहार नगरी सबैसित राम्रै गरेको र सबैको हितको लागि सोचेको बताउँछन् । राजा सुद्धोधनका मुखबाट यति वचन सुनेपछि मात्र मंगला राजकुमार सिद्वार्थको विवाहमा सामेल हुन्छिन् । विवाहमा पनि उनी उपद्रो लाउन छाडिनन् । विषालु बिच्छीको प्रयोगले राजकुमार सिद्वार्थलाई मार्न प्रयास गरिन् । देवदत्त दिनहुँ आफू रंगभवन जाने र मदिरा समेत सेवन गर्ने स्वभावका थिए भने आमा मंगलाले आफ्ना अनुजहरुलाई पनि रंगभवन लैजाऊ र मदिरामा डुबाऊ भनी सिकाउँथिन् । सिद्वार्थ र उनका अन्य अनुजहरु देवदत्तले सिकाएको बाटोमा नहिँडेर सधैं राम्रो बाटो अपनाए र भविष्यमा ठूलो मान्छे बन्न सफल भए तर देवदत्तको यस्तै–यस्तै कुकर्म र आमाबुवाले उचालेको बाटोमा हिड्दा एक दिन उनले सबै गुमाउनु परेको थियो । यहाँसम्म कि देवदत्तको मृत्यु पनि भगवान बुद्वको चरणमा बुद्वम शरण्म गच्छामी भन्दै भएको थियो । बुद्वलाई मार्न खोज्दा उनकै मृत्यु भयो । यसरी अनेक पटक बुद्वका मार्गमा अप्ठ्याराहरु सृजना गर्न खोजे तर देवदत्तलाई एक दिन बुद्वकै शरणमा ज्यान गुमाउनु प–यो । बुद्व योग प्राप्त गरेर फर्केपछि उनले भनेका थिए –“म तीन जना महिलाको ञmणी छु जसको सहयोग र मदतले मैले योग साधना प्राप्त गर्न सफल भएँ । ती तीन जनामा एक आमा प्रजापति दोस्रो श्रीमती यशोधरा र तेस्रो काकी मंगला । किनकि मंगलाले सधैं उनलाई कसरी अयोग्य साबित गरुँ भन्ने काममा लागि रहेको देखिन्छ जसले गर्दा बुद्धमा सम्भवतः अगाडि बढ्ने प्रेरणा प्राप्त भइरहेको थियो र उनको त्यही पे्ररणा बुद्वलाई अगाडि बढ्ने अवसर बन्दै गयो ।
उता अजातशत्रु मगधका राजा बिंबिसारका छोरा थिए । बिंबिसार बुद्वका भक्त थिए । उनले बुद्वले बताएका शान्तिका मार्गमा हिंड्ने र जस्तो सुकै ठूलो समस्या शान्तिबाट समाधान गर्न सकिने, हत्या हिंसाले कसैको हित नगर्ने भन्ने सोचका राजा थिए भने छोरो आजातशत्रु राजगुरुले सिकाएको बाटोमा हिडेर आफ्नै बुवा अर्थात् राजा बिंबिसारको हत्या गर्न पनि पछाडि परेनन् । राजा आजतशत्रु युुद्व, हत्या चाहने ब्यक्तिको रुपमा देखाइएको छ । जसले राजसत्ताको लागि आफ्नै बाबु बिंबिसारलाई बन्दी बनाएको थियो । वैशालीकी नगर बधू आम्रपालीको प्रेममा परेर अजातशत्रु बिस्तारै –बिस्तारै हत्या हिंसाको बाटो त्यागेर शान्तिको बाटो रोज्न पुग्यो किनकि आम्रपाली बुद्वका अनुयायी थिइन् । मगधका सम्पूर्ण गुरुजन, राजा बिंबिसार, उनकी पत्नी सबै बुद्वका अनुयायी भएपछि र अम्रपालीले यस्तो हत्या, हिंसा मनपराउने अजातशत्रुको लागि आफ्नो मनमा कुनै ठाउँ नभएको बताएपछि अजातशत्रु मानसिक रुपले नै पुरै कमजोर हुदैँ जान्छ र अन्त्य समयमा आफ्नो मुकुट भगवान बुद्वलाई अर्पण गर्न खोज्छ । अजातशत्रुलाई ठूलो पीर परेको थियो जीवनलाई लिएर त्यसैले उसले एक दिन एउटा साधुलाई सोध्छ –“तिम्रो अनुहारमा यस्तो एक प्रकारको तेज के को हो ? म राजा भएर पनि सबै कुराले सम्पन्न भएर पनि मेरो मन शान्त छैन तर तिमी एउटा योगी ? अनी योगीले जवाफ दिन्छन् –हामी भविष्यको बारेमा चिन्ता गर्दैनौ र आज पनि हामी त्यतिनै माग्दछै जतिले हाम्रो पेट भर्छ त्यसैले हामी सुखी र शान्त छौं यस्ता कुराले अजातशत्रुको मनमा परिवर्तन ल्याउँछ र उनी पनि बुद्वले देखाएको मार्गमा हिड्न तयार हुन्छन् ।
यहाँ दुई किसिमका पात्रहरुको चरित्रलाई देखाइएको छ । देवदत्त जो सत्ता प्राप्तिका लागि आफ्नै आमा र बुवाबाट कुमार्गमा पुगेका र अर्को पात्र अजातशत्रु जो राजगुरुले देखाएको बाटोमा हिँड्दा असल आमा बुवाको हत्या समेत गर्न पछाडि परेन सत्ताको लोभमा । अन्ततः दुबै पात्र जसरी पनि खराब बाटोमा लाग्नु तर जीवनको अन्त्य क्षणमा भगवान बुद्वका शरणमा पुगे र शान्ति सच्चाईमा भएको कुरो प्रस्टिन्छ । बुद्धको दृष्टिकोणले हेर्दा पौराणिक पात्र तथा इतिहासको दृष्टिकोणले हेर्दा दुवै पौराणिक पात्रको जीवन र नियति एकै किसिमको देखिन्छ । दुवै जना बुद्धलाई घुणा गर्दथे, दुवै जना आमाबाट तिरस्कृत हुन पुगे । दुवै अन्ततः बुद्धका शरणमा गए । दुवैले बाहिर देख्दासम्म आपूmलाई ठूला ठाने र ठूला बन्न खोजे तर जब आफैलाई देख्न थाले तब बुझे कि बुद्ध कति महान हुन् ।
बुद्ध सदैव भन्ने गर्दथे “आफ्नो दीपक स्वयं आफैं बन्नु पर्छ” लाई हामी सबैले अनुशरण गर्न आवश्यक छ ।