आज खडेरी विरुद्ध संघर्षको दिवस हो । संसारले आज खडेरी विरुद्ध संघर्षको दिवस मनाइरहेको छ तर नेपालको विभिन्न भाग भने बाढीको डुबानमा छ । कतिपय ठाउँमा अकल्पनीय बाढी आएको छ र अत्यन्तै ठूलो क्षति पु¥याएको छ । भर्खर असार सुरु भएको छ र देशमा बाढीले ताण्डव मच्चाउन सुरु गरिसकेको छ । मनसुन सुरु भएको केही दिनमै देशको कतिपय ठाउँमा आएको बाढीको प्रकोपले कैयौँ परिवारको विचल्ली भएको छ । कैयौँ मानिसको मृत्यु भएको छ । कैयौँ घरलाई बगाएर लगेको छ । सिन्धुलीमा त यतिसम्म सुन्नमा आयो कि तीन तले घरको छतमा पनि बाढीको लेदो पुगेको थियो । यसले के स्पष्ट संकेत गरेको छ भने बाढीले धेरै ठूलो क्षति पु¥याएको छ । असारको सुरुमै देशमा कति धेरै क्षति पु¥याएको हो भन्ने कुराको यथार्थ एक दुई दिनमा आउला तर बाढीको विनाशलीला सुरु भइसकेको छ र अझै पनि धेरै सतर्कता हुनु आवश्यक छ भन्ने कुरो पनि यसले संकेत गरिरहेको छ । देशको मौसम विभागले विगतको वर्षभन्दा बढी पानी पर्ने बताइसकेको छ । बढी पानी पर्नुको अर्थ यो पनि हुन सक्छ कि क्षति बढी होला । पहिरो जाने जोखिम भएको क्षेत्र तथा बाढीले क्षति पु¥याउने सम्भावना रहेको क्षेत्रप्रति विशेष निगरानी आवश्यक छ । अहिले कोरोनाले गर्दा अकल्पनीय क्षति भएको देशमा बाढी र पहिरोबाट पनि बढी क्षति नहोओस् र सकेसम्म कम क्षति होओस् भन्नेतर्फ सरकारले मात्र सोचेर हुँदैन । सबैले सचेत हुनै पर्दछ । बाढी आउने पूर्व सूचनाले गर्दा धेरै क्षति हुनबाट जोगाएको भन्ने समाचार पनि आएको छ । यसको अर्थ यो पनि हो कि मानिस सचेत भए तर अझै पनि जति सचेत हुनुपर्ने हो त्यत्ति हुन सकेनन् । बाढीले धेरै क्षति पु¥याएको हो । बाढीको ताण्डवमा परी मृत्युवरण गरिसकेकाप्रति श्रद्धाञ्जली छ र पीडित परिवारप्रति हाम्रो सहानुभूति पनि रहेको छ । आजको दिन विश्वले खडेरी विरुद्ध संघर्षको दिवस मनाइरहँदा हामीले बाढी र पहिरोबाट पनि जोगिनको लागि उपाय सोच्नै पर्ने भएको छ र निरन्तर बाढी र पहिरोबाट कसरी कुनै क्षति हुन पाउँदैन भन्ने विषयमा पनि चिन्तनशील हुनु पर्छ । हरहमेशा हामी सचेत रहनु आवश्यक छ ।