म र सञ्जय साह “मित्र” दुबैजना चढेको बाइक हेटौँडा बजारमा नपुग्दै पूर्वतिर मोडिएको छ । बाइक मैले चलाएको छ र मित्रले पछाडिबाट धुलो छेकेका छन् । बिहानको पौने दश बजेको छ । एउटा गन्तव्य लिएर बाइक कुदिरहेको छ । हामी दुबै जना आफ्नै शुरमा गफ गर्दै हुन्छौं । हेटौडा बजार क्षेत्र कटेपछि प्राय उकालोतिर हाम्रो बाइक हिडिरहेको हुन्छ कि मित्र सरको मोबाइलमा मिठो धुन बज्न थाल्छ । यो फोन आएको हो भन्ने बुझ्न सजिलो छ । हेर्दा राम अविकासजीको फोन हुन्छ । अविकासजीले खाना पाकिसकेको र सँगै खानको लागि पर्खिरहेको जानकारी गराउँछन् । खाना त अविकासजीकहाँ नै खाने हो । हाम्रो योजना नै यस्तै बनेको छ । बिहान करिब साढेÞ छ बजे गरूडाबाट हेटौडाको लागि प्रस्थान गर्दा दुवैजनाले बिहानको खाना अविकाशजीकोमा नै खाने तारतम्य मिलाइएको हुन्छ । पहिले त सिधै अविकासजीकहाँ पुग्ने कार्यक्रम नै थियो तर योजना अलिक फेरिएको छ । यसपालि हेटौडा जाँदा मकवानपुरगढीको श्रीकृष्णजीको दर्शन गर्न जाने हाम्रो पूर्व विचार भइसकेको हुन्छ । बिहानको खानापछि हामी दुई र अविकाशजी, वहाँकी धर्मपत्नी अनुशा, वहाँको छोरासँगै श्रीकृष्णजीको दर्शन जाने विचार पहिले भएको थियो तर अनुशाजीको स्कुटी चिप्लिएर दुर्घटना भएकोले दुवै जना अलिअलि घाइते छन् । यसरी बुभ्mदा पनि हुन्छ – दुर्घटनाको पीडालाई श्रीमान्–श्रीमतीले बाँडेका छन् । हातमा अलि बढी नै चोट लागेकोले बाइकमा हिड्न असजिलो भएको जानकारी अविकाशजीले गराउनु भएको हुन्छ । अब अविकाशजीको परिवारसँगै मकवानपुरगढी जान नपाउने भएपछि हामी पहिला श्रीकृष्णजीको दर्शन गरेर मात्र वहाँको घरमा खाना खाने योजना अनुसार नै हिडिरहेका छौं । “अब हामी श्रीकृष्णजीको दर्शनपछि खाना खाने निश्चित भएकोले हाम्रो बाटो नपर्खिई तपाईहरू खाना खानुहोस्, हामी फर्केर आएपछि खाऔँला” भनी मित्र सर छोटो कुरा सकाएर हामी आफ्नो बाटो लाग्छौं । एउटा ओरालोमा पुग्दा बाटो बन्दै गरेकोले केही अप्ठयारो हुन्छ र धुलो पनि अलि बढी नै हुन्छ । त्यतिकैमा एउटा सानो औषधी पसलमा मास्क लिन दाँजा पसले हाम्रैतिर सर्लाही छतौनाको रहेको जानकारी वहाँबाट प्राप्त हुन्छ । पसलेको कुनै सरकारी जागिर हुदैन् तर पनि त्यही पसलबाट परिवार चलेको जानकारी पाउँदा मलाई खुशी लाग्छ कि इमानदारी साथ मिहिनेत गर्ने हो भने कुनै पनि ठाउँलाई कर्मभूमि बनाउन सकिने रहेछ मानिस । यो बाटो मित्र सर हेटौडा बस्दा पहिला पनि हिड्नु भएको रहेछ तर अहिले भने लोक पहाडी मार्ग निर्माण हुन लागेकोले बाटो धेरै नै फराकिलो हुनुका साथै केही नयाँ घुम्तिहरू पनि भएकोले एक दुई ठाउँमा अलि असजिलो चाीहँ हुन्छ नै । उकालै उकालो चढेर हामी मकवानपुरगढी पुग्दा पहिलेभन्दा अहिले बाटो धेरै सजिलो भएको कुरा मित्र सर साझा गर्नु हुन्छ । अहिले मकवानपुरगढीको भ¥याङसम्मै पिचको बाटो पुगिसकेको छ जुन पहिला त्यति सजिलो भने थिएन् । गढीको फेदमा सानातिना पाकेटको नास्ता पाउने दुई तीनवटा पसल पनि खुलिसकेका छन् जहाँ पानी र चाउचाउ बिस्कुट आदि किन्न पाइन्छन् । समय बिहानको करिब सबा दश बजेको हुन्छ । हामी बाइक रोकेर गढीतिर उकालो लाग्दा केही भ¥याङ मात्र उक्लेका के हुन्छौ कि एकदन्ते सेतो हात्तीका मूर्तिमा मेरो आँखा पर्छ । यो कस्तो हो सर सोध्दा यो हात्ती पृथ्वीनारायण शाह मकवानपुरगढीको राजाको छोरीसँग आफ्नो पहिलो विवाहमा विवाद भएको कुरामध्ये एक हो बताउनु हुन्छ । पृथ्वीनारायण शाहले यो हात्ती मागेका हुन्छन् र यहाँको राजाको छोराले भने दिन मानेका हुँदैनन् । यसले गर्दा पनि मनोमालिन्य बढेको हुन्छ भन्ने इतिहासबारे संक्षेपमा जानकारी गराउनु हुन्छ । यस्ता अनेकौ दृश्यहरू हामी आफ्नो मोबाइल क्याम्रामा कैद गर्दै जान्छौं । पूरा किल्ला धुपको बोटले सजाइएको जस्तो प्रतीत हुन्छ । गढीको माथि पुग्दा बाहिरबाट कसैले सजिलै आकमण गर्न नसकोस् भनी करिब दुई मिटर चौडा र करिब पाँच मिटर गहिरो खाल्डो हुन्छ चारैतिरबाट । उत्तरतिरबाट मुख्य प्रवेशद्वार छ । भित्र किल्लामा प्रवेश गर्ने बितिकै एउटा मिठो खाने पानीको धारा छ जहाँ पर्यटकहरू पानी खाने गर्छन् । हामी दुईजना पनि पालैपालो धाराको पानी खान्छौं । एउटा सानो मन्दिरजस्तो देखिन्छ । भित्र हरियो वस्त्रमा भगवान श्रीकृष्ण सजिएका छन् तर भगवानजीको शरीर भने कालो सिक्रीले बाँधिएको हुन्छ । यो किल्ला ऐतिहासिक हो । यसभित्र राजाको राजकाज कक्ष, आराम कक्ष, सैनिक कक्ष, अपराधीलाई दण्ड दिने स्थान सहित अनेक स्थानहरूको भग्वनावशेषहरू अहिले पनि हेर्न पाइन्छ । यो गढीमा सिद्धेश्वर महादेव मन्दिर पनि सुरक्षित रहेका छन् । यसको दक्षिणतिर सिधा हेर्दा रक्सौलको नेपाल सिमासम्म हेर्न सकिने मान्यता रहेको छ । यस किल्लाभित्र आधुनिक नेपालको “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल”को नक्सा “मकवानपुरगढीमा वि.स. १८१९ माघ १० गते मिरकासिमका फौज विरूद्ध गोर्खाली सेनाले विजय गरेको २५६ औं विजय उत्सवको अवसरमा सम्म्माननीय राष्टपति श्री विद्यादेवी भण्डारीज्यूको बाहुलीबाट नेपालको नक्सा अनावरण र राष्ट्रिय झण्डाको झण्डोतोलन सु–सम्पन्न भयो भनी इति सम्बत २०७५ साल माघ १० गते रोज ५ शुभम्” अंकित शिलालेख छ । यो सबै अवलोकन गर्दै हामी ठिक एधार बजे किल्लाको तल फेदमा झर्छौं । करिब पौने बारह बजे हामी राम अविकासजीको निवासमा पुग्छौं । हामी दुबै अनुशाजीको हातमा भएको चोटले दिएको दर्द भूलेर अनुशाजीको अनुहार हाँसिलो देख्छौँ । हतार हतार खाना तातो गर्नु हुन्छ । त्यति बेलासम्म हामी हातमुख धोएर खाना खाने मेचमा बस्ने बितिकै खानाको थाल हाम्रो अगाडि टेबलमा आइपुग्छ । अनुशाजीको हातको मिठो खाना खाएर हामी राम अविकासजीको कार्यकक्षमा पुग्छौं । वहाँ कम्प्युटरमा केही बुक डिजाइनि∙को काम हामीलाई पनि देखाउनु हुन्छ । त्यतिकैमा एउटा अर्को मित्र सरको हेटोडा बस्दाको साहित्यकार साथी आफ्नो बारीको पाकेको भोगटे लिएर आउनु हुन्छ । ती साहित्यकार सरको नाम अहिले मलाई सम्झना भएन, माफी चाहन्छु । हामी सबैजना मिलिजुली भोगटे खान्छौं । अविकास सरको छोराको हातबाट “द स्पार्कल अफ शयम्भू” नामको बाल साहित्यिक पुस्तक प्राप्त गर्छौं । केही समयको साहित्यिक भलाखुसारीपछि हामी फेरि तल हेटौडा बजारतर्फ झर्छौं । हेटौडामा हामी ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको उद्य्यानको पोखरीको डिलमा रहेको एउटा चिया पसलमा पुग्छौं । चिया पसलकी साउनी मित्र सर शुरुका दिनमा हेटौडाको एउटा संस्थागत विद्यालयमा अध्यापन गराउँदाका बखतका कैन्टिन चलाउने आमा रहेकोले वहाँ दुबै जनाको यादका दिनहरू ताजा हुन्छ । हामी मिठो चिया खान्छौं । उद्यानको पोखरीमा रंगीबिरंगी माछाहरू हुन्छन् भने डिलमा फूलको बगैंचाले सजाइएको हुन्छ । एकै छिनमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष साहित्यकार दीपक गौतम सरको फोन आउँछ । गौतम सर हामी दुबैजना एउटा झसापको कार्यक्रममा सहभागी भएको आतेजाते खर्चको खाम दिएर मायाको चिन्हो अर्को पटकको भेटमा दिने बाचासँगै हामी वहाँबाट छुटिन्छौं । एकै छिनमा हामी तुखबरको कार्यालयमा त्यसका सम्पादक साथी गिरिजा अधिकारीकोमा पुग्छौं । गिरिजाजी दिउँसैदेखि हाम्रो फोन सम्पर्कमा हुनुहुन्छ । वहाँको कार्यकक्षमा मित्र सरले लेख्नु भएको पुस्तक “छठ पवनी उद्भव र विस्तार” सम्पादकजीलाई हस्तानतरण गर्नु हुन्छ । वहाँसँग हामी हेटौडाको मलाई सारै मनपर्ने खशीको टाउँकोको विना मसालाको उसिनेको मासु र अरु नास्ता खाएर हामी दुबै अघाएर करिब सवा पाँच बजे आफ्नो स्थायी गन्तब्य गरूडातिर प्रस्थान गर्छौँ । गत २०७७ कात्तिक १२ गते बुधवारको यो यात्रा मन र मस्तिष्कमा अझै पनि ताजा छन् । साहित्यकार अविकासजी र चर्चित पत्रकार गिरिजाजीको न्यानो आतिथ्य अहिले पनि सम्झिरहेको छु । हार्दिकताका लागि दुवैजनाप्रति आभार व्यक्त नगरी रहन सकिन्न ।
कृष्णनगर, महम्मदपुर, गरूडा–५, रौतहट ।