उपेन्द्र गोले । रौतहट । असार ०७ गते
रौतहटको मौलापुरमा आइतबार पुर्व शहरी विकास मन्त्रिद्धारा आफ्ना कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । रौतहटको मौलापुर नगरपालिकाको पिकनिक पार्कमा आइतबार एक कार्यक्रमकाबिच साहले कार्यकर्ताहरुसँग परामर्श तथा भेटघाट गरेको हो । पछिल्लो राजनितिक परिस्थिती तथा पार्टीको कार्यदिशाका बारेमा कायकर्ताहरुलाई उहाले मुलुकलाई सहि दिशामा लानका लागी कार्यकर्ताहरुको ठुलो भुमिका रहेको बताउनु भयो । राष्ट्रिय राजनितिले निकास पाउन ढिला भएको बताउनु हुदै साहले अब चाडै निकास पाउने पनि बताउनु भयो । कार्यक्रममा साहले आफुले गरेको काम र त्यसले पाएको गतिको बारेमा कार्यकर्ताहरुलाई पोखेका थिए । पदमोहका कारण मुलुक संकटको घेराबन्दिमा परेको साहको भनाइ रहेको छ ।