गाउँपालिका अध्यक्ष साहले गरे ६ डोम परिवारलाई पक्कि घर हस्तान्तरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
गाउँपालिका अध्यक्ष साहले गरे ६ डोम परिवारलाई पक्कि घर हस्तान्तरण

स्मिथ रजक असार ८ गते
रौतहट । दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले बर्षौ देखि घरजग्गा विहिन भई सार्वजनिक सडकको पेटीमा बस्न बाध्य रहेका ६ डोम समुदायलाई घर हस्तान्तरण गरी बसोबास गराएको छ ।

सडक पेटिमा फुसको छाप्रो बनाएर गुजारा चलाउदै आएका डोम समुदायको ६ घर परिवारलाई दुर्गा भगवती गाउँपालिकाले एकिकृत नमूना बस्ती अन्तर्गत पक्कि भवन बनाएर हस्तान्तरण गरी बसोबास गराएको हो ।

दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा रहेका ६ डोम परिवार गाउँबाट बाहिर सार्वजनिक सडकको पेटीमा फुसको छाप्रो बनाएर बस्दै आएका ति परिवारलाई पालिकाको आर्थिक लगानीमा तयार पारिएको एकिकृत भवन बनाएर उनीहरलाई पालिका प्रमुखद्धारा एक समारोहका विच लक्ष्ति समुदायलाई पक्कि घर हस्तान्तरण गरिएको छ ।

बर्षौ बर्ष देखि जग्गा विहिन रहेका डोम समुदायहरु बाटो छेउमा फुसको छाप्रो बनाएर जिवन यापन गर्दै आएको, उनीहरु बासको चोयाबाट बनाइने विभिन्न समानहरु तयार पारेर विक्री वितरण गरी परिवार चलाउदै आएको भएपनि चिसो, बर्षा र बाढीको समयमा निकै कष्टकर जिवन विताउनु परेका थिए तर आज पक्कि घर पाउदा निकै खुशी लागेको झकुरी देवी मल्लिले बताइन् ।

समुचित आवास पाउने कहिले पनि कल्पना नगरेको तर पालिका प्रमुखको डोम समुदाय प्रतिको सोच सकारात्मक भई भवन बनाएर बस्नको लागि हस्तान्तरण गरिदा कतै दिवा स्वप्न देखिरहेको त छैनौं भने भान भईरहेको तर वास्तविक अवस्थामा हामी जस्ता अति विपन्न परिवारलाई घर उपहारमा पाउदा पालिका अध्यक्ष प्रति आभार व्यक्त गरे।

भलोहिया गाउँ भन्दा उत्तर दिशामा कैलाश पोखरीको छेउमा रहेको एलानी जग्गामा ६ वटा घर बनाएर उनीहरुलाई हस्तान्तरण गरिएको दुर्गा भगवती गाउँपालिकाको कार्यालय गंगापिपराले जनाएको छ । प्रत्येक घर सात धुर जग्गामा बनाइएको छ । हरेक घरमा २ वटा सुत्ने कोठा, किचेन, शौचालय, हल र छानामा चढ्नका निमित्त भर्यांग बनाइएका छन् । करिव ६० लाख रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको एकिकृत नमूना डोम वस्ती पूर्ण रुपमा सुविधा सम्पन्न रहेको दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहले जानकारी दिए।

६ जना डोम समुदायको परिवारलाई घरको साथै एउटा सामुदायिक भवन पनि उनीहरुकै लागि बनाइएको बताउदै पालिका प्रमुख साहले पालिकाको हरेक वडामा अति विपन्न एवं डोम समुदायको लागि एकिकृत नमूना बस्ती बनाउने अभियानको पहिलो खुडकिला मात्रै पार गरेको वताए । वडा नम्वर १, ३, ४ र ५ मा यो अभियानलाई आउदो बर्षमा पुरा गर्ने प्रतिबद्धता जनाए ।

उक्त हस्तान्तरण कार्यक्रममा जनता समाजवादी नेपालको केन्द्रीय सदस्य रेबन्त झा, निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द ठाकुर सहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस