ड्ड वक्र वा घुमाउरो भनाइ रहेको शब्दोक्तिलाई अलङ्कार भनिन्छ । – भामह ड्ड काव्यको शोभा गराउने धर्मलाई अलङ्कार भनिन्छ । –दण्डी काव्यलाई ग्राह्य तुल्याउने सौन्दर्य नै अलङ्कार हो । –वामन ड्ड विशेष प्रकारको उक्ति अलङ्कार हो । – रुद्रट ड्ड अलङ्कार भनेको लौकिक आभूषण मैं अङ्गी ( रस ) को सौन्दर्यको साधन हो । –आनन्दवर्धन ड्ड अङ्ग ( शब्द र अर्थ ) द्वारा रसको उपकार गर्ने हार आदि आभूषण समान रहेका अनुप्रास , उपमा आदिलाई अलङ्कार भनिन्छ । –मम्मट ड्ड रस भावको उपकार गर्ने र शब्द र अर्थको शोभा बढाउने जुन अस्थिर धर्म हुन् तिनलाई अलङ्कार भनिन्छ । –विश्वनाथ काव्यको आत्मा रसको सौन्दर्यकारकलाई अलङ्कार भनिन्छ । – जगन्नाथ अलङ्कारको स्वरुप, लक्षण र महत्ता दर्शाउने क्रममा उल्लेखित परिभाषा तथा परिचय विभिन्न आचार्यहरुले दिएका हुन् । अलङ्कार शब्दले गहना, आभुषण वा श्रृङ्गारका सामग्री भन्ने बुझाउँछ । साहित्यमा शब्द र अर्थको सजावट र आकर्षणलाई अलङ्कार भनिन्छ । अलङ्कार शब्द अलम् र कृ धातुबाट बनेको हो । अलम् +कृ+घञ बाट अलङ्कार शब्दको निर्माण भएको पाइन्छ । अलम्को अर्थ भूषण हो । शास्त्रमा जसले भूषित गर्दछ वा सिँगार्दछ त्यसैलाई अलङ्कार भनिन्छ । अलङ्कारले साहित्यको अभिव्यक्ति पक्षसँग सम्बन्धित शिल्प सौन्दर्यको चमत्कृति प्रदान गर्ने कार्य गर्दछ । अलङ्कारको प्राचिन प्राचीन प्रयोग ऋग्वेदमा भएको पाइन्छ । ऋग्वेदमा प्रयुक्त ’अरङ्कृता’ शब्दको अनुशीलनबाट अलङ्कार शब्दको उत्पत्ति भएको मानिन्छ । यास्कको निरुक्त तथा पाणिनिको अष्टाध्यायीमा पनि अलङ्कारको प्रयोग भेटिन्छ । पूर्वीय साहित्यशास्त्रमा अलङ्कारको उल्लेख गरेर त्यस्लाई काव्यको अङ्ग मानी आलङ्कारिक व्याख्याको सुरुवात गर्ने परम्परा भने भरत मुनिबाट भएको मानिन्छ । उनले आफ्नो नाट्यशास्त्रमा उपमा, दीपक, रूपक र यमक गरी चार अलङ्कारको उल्लेख गरेका छन् । पूर्वीय काव्यशास्त्रमा अलङ्कारबारे सर्वोच्च महत्वका रुपमा चर्चा गर्ने आचार्य भामह हुन्। भामहले आफ्नो काव्यालङ्कार नामक ग्रन्थमा अलङ्कारलाई विभिन्न ढङ्गले परिभाषित गरेर चिनाउनुका साथै व्यापक साहित्यिक सौन्दर्यका रूपमा अलङ्कारलाई स्थापित गराएको पाइन्छ। यसर्थ भामहलाई अलङ्कार शास्त्रका जनक र काव्यालङ्कारलाई अलङ्कार शास्त्रको प्रथम ग्रन्थ मानिन्छ । भामहपछि दोस्रो अलङ्कारवादी आचार्यका रूपमा दण्डी देखापरेका छन् । दण्डीले आफ्नो कृति काव्यादर्शमा अलङ्कारको अर्थ वर्गिकरण र सङ्ख्याबारे महत्वपूर्ण विचार व्यक्त गरेको छन् । अलङ्कारको चर्चाका क्रममा गुण र रीतिको पनि चर्चा गरेर रीतिवादी मार्ग प्रशस्त गर्नमा पनि दण्डीको उल्लेख्य योगदान रहेको छ । भामह र दण्डीपछि उद्भव , रुद्रट आदिले अलङ्कारवादी परम्परालाई अझै सूक्ष्म तवरले अगाडि बढाएका छन् । रीतिवादी आचार्य वामनले पनि अलङ्कार बारे चर्चा गर्ने काममा विशेष भूमिका खेलेका छन् । रुद्टले अलङ्कारलाई उपमामूलक अतिशयोक्तिमूलक र विरोधमूलक आदि फाँटमा विभाजन गरेर वैज्ञानिक एवम् विश्लेषणात्मक ढङ्ग दिन खोजेका छन् । भामह , उद्भट , रुद्रट आदिले अलङ्कारमा पुराएको योगदान ध्वनिवादी सम्प्रदायको उदयसँगै विस्तारै कम हुँदै गएको पाइन्छ । ध्वनिवादी सम्प्रदायका संस्थापक आचार्य आनन्दवर्धन तथा रसवादी आचार्यहरूले ध्वनि र रसलाई काव्यको प्रमुख तत्वको रूपमा व्याख्या गर्न थालेपछि अलङ्कार विस्तारै कमजोर बन्दै गएको पाइन्छ । यद्यपि पछिल्ला आचार्यहरू भोज , जयदेव, अप्यय आदिले अलङ्कारवादलाई पुनः अगाडि बढाउने काम गरेको देखिन्छ यिनीहरूले अलङ्कारलाई काव्यमा पुनः स्थापित गर्ने काम गरेका छन् पूर्वीय काव्यशास्त्रमा अलङ्कारको सङ्ख्या यति नै छन् भन्ने कुनै निश्चित छैन ।भरतमुनिदेखि रामचन्द्र गुणचन्द्रसम्म आइपुग्दा अलङ्कारलाई ४ प्रकारदेखि १ ९ १ प्रकारसम्म विभाजन गरेको देखिन्छ । अलङ्कारलाई भामहले ३ ९ , दण्डीले ३५ , उद्भवले ४० , वामनले ३३ , रुद्रटले ५२ , भोजले १०३ , मम्मटले ६७ , जयदेवले १०० , विश्वनाथले ८ ९ , रुय्यकले ८५ , अप्यय दीक्षितले १२४ , जगन्नाथले १५१ प्रकारमा विभाजन गरेको पाइन्छ । उपर्युक्त विभाजन सर्वसम्मत देखिंदैनन् भने व्यावहारिक दृष्टिले समेत उपयुक्त देखिदैनन् । यसर्थ सर्वमान्य एवं प्रचलित मतका आधारमा अलङ्कारलाई शब्दालङ्कार र अर्थालङ्कार गरी वर्गमा विभाजन गर्न सान्दर्भिक हुन्छ । अलङ्कारका प्रकार शब्दसौन्दर्यका आधारमा काव्य वा अलङ्कृत पार्ने तत्वलाई शब्दालङ्कार भनिन्छ । यो शब्दको प्रयोगमा आधारित हुन्छ । यसले शब्द एवं ध्वनिको चमत्कारपूर्ण प्रयोगबाट काव्यमा सौन्दर्य उत्पन्न गराउँछ । शब्द प्रधान हुने हुँदा पर्यायवाची शब्द राख्दा शब्दालङ्कारको अस्तित्व लोप हुन्छ । शब्दालङ्कारलाई अनुप्रास , यमक , श्लेष र वक्रोक्ति गरी ४ प्रकारमा विभाजन गर्न सकिन्छ । साहित्यमा अलङ्कृत सृजना गर्ने शब्दका सट्टा अर्कै शब्द अर्थात् पर्यायवाची शब्द राखे पनि अलङ्कार नखज्मजिने किसिमले बनेको अलङ्कारलाई अर्थालङ्कार भनिन्छ । अर्थमा चमत्कार हुने अलङ्कार नै अर्थालङ्कार हो । अर्को शब्दमा भन्दा शब्दको अर्थमा मात्र सौन्दर्य र चमत्कार सिर्जना भयो भने अर्थालङ्कार हुन्छ । यो शब्दको प्रयोगमा भन्दा पनि अर्थको प्रयोगमा निर्भर रहन्छ । अर्थबाट अलङ्कार उत्पन्न हुने हुँदा यसमा पर्यायवाची शब्द राख्दा पनि कुनै असर पर्दैन । अर्थालङ्कारलाई उपमा , रूपक , दृष्टान्त , उत्प्रेक्षा , अतिशयोक्ति आदि प्रकारमा विभाजन गर्न सकिन्छ । साहित्यमा अलङ्कारको महत्व शब्दसौन्दर्य र अर्थसौन्दर्यको कुशल तर्जुमा गरेर साहित्य रसको संरक्षण वा प्रवर्धन गर्नमा अलङ्कारको उच्च भूमिका रहेको हुन्छ । भावको अभिव्यक्तिलाई सुसज्जित गराउनका लागि साहित्यमा अलङ्कारको महत्त्व विशेष रहन्छ । साहित्यकार मात्र होइन साहित्य साधकका दृष्टिले पनि उक्ति सौन्दर्यले भरिपूर्ण आलङ्कारिक प्रयोगहरू आकर्षक र मनोरम हुन्छन् । आलङ्कारिक प्रयोगका सौन्दर्यमूलक विम्ब र प्रतीकहरूले पाठकहरूलाई उत्सुक बनाउँछन् । साहित्यको कला र शिल्प पक्षलाई परिष्कृत बनाएर साहित्यलाई आस्वादनीय एवं ग्रहणीय बनाउन , साहित्यलाई सम्प्रेषणीय एवं मार्मिक बनाउन , साहित्यको गरिमालाई उच्च एवं विशेष बनाउँदै काव्यको ओजलाई विशिष्ट बनाउन र लेखकका मानसिक एवम् बौद्धिक प्रक्रियाहरूसँग एकाकार भई अस्वादनको उत्कृष्ट विन्दुमा पुरÞ्याउन अलन्ङ्कारले मद्दत गर्दछ । सामान्य लोकजीवनमा पनि साहित्यमा उक्तिविचित्रता एवं चमत्कार उत्पन्न गराउन , साहित्यलाई विशिष्टता प्रदान गर्दै भाव र अर्थका दृष्टिले पूर्ण बनाउन , साहित्यमा बाह्य र आन्तरिक सौन्दर्य प्रदान गर्न , तथा थोरै शब्दमा धेरै भन्न , कुनै कुरालाई प्रभावकारी ढङ्गले भन्न , एक र अर्कोलाई सादृश्यात्मक तुलना गर्न , आपसी अभेद्य सम्बन्ध देखाउन , उदाहरणमूलक पुष्टि दिन , असम्भव वस्तुलाई सम्भाव्य बनाई देखाउन , प्रभावकारी घोचपेच , छेडछाड र व्यङ्ग्य गर्न , अर्थविविधता देखाउन तथा समग्रमा साहित्यिक सौन्दर्यले भरिपूर्ण आकर्षण र उत्सुकता जगाई आस्वादनको सीमान्त गतिमा पुराउन अलङ्कारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।
अलङ्कारको परिचय र साहित्यमा अलङ्कारको महत्व – रेणुका जिसी
7 Min Read