कृष्ण तिवारी । रौतहट । असार ०८ गते
मानपुर बिसुनपुर्वाका वडाध्यक्ष रामदेनी मुखियाले दादागिरी शैलीमा नाला निर्माण गराइरहेका छन् । एक साइडमा निर्माण भएको नाला भत्काएर अर्को ठाउँमा बनाउँन लागेका हुन् ।
वडाध्यक्षको त्यस्तो रवैया प्रति वडावासीहरु मुखियामाथि खनिएका छन् । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ४ स्थितिका मानपुर बिसुनपुर्वाको मुख्य सडक जोड्ने अजय चौधरीको घर देखि फेकु ठाकुरको घर हुँदै नागेश्वर मुखियाको घर सम्म नाला निर्माणकार्य बिना स्टिमेट र गुणस्तरहिन भइरहेको स्थानियहरुको गुणासो रहेको छ ।
एक साइडको नाला निर्माण पुरा नगरि अर्को साइडमा निर्माण गराउन लागेपछि वडाध्यक्ष मुखिया विरुद्ध आक्रोशित भएका छन् ।
स्थानीयहरुले बिपरित दिसामा नालाको पानी निष्कासन गर्ने योजनावद्ध तरिकाले गाउँको पुर्वपटी रहेको मुख्य सडकमा नाला भित्र पानी खसाल्ने योजना अनुसार निर्माणकार्यमा जोड दिएको स्थानीयहरुको गुनासो रहेको छ ।
वडाध्यक्ष मुखियाले राणा शैलीमा एकहोरो पक्षपात गर्दै गत वर्षमा नगरपालिकाबाट निर्माण भएको नालालाई आफू खुशी एक तर्फको नालावाल भत्काई पूनः नाला निर्माणकार्यको भुक्तानी लिने दाउमा रहेका छन् । विश्वव्यापी कोरोना भाइरसको माहामारीका बिच पनि सरसरफाइ तथा स्वास्थ्य सुरक्षा विपरीत कार्य गर्ने गरेको स्थानीय अजय चौधरीले बताएका छन् ।
माधव नारायण नगरपालिका वडा नम्बर ४ भित्र एउटै उपभोक्ता समितिले तीन चार वटा निर्माणकार्य गरिरहेको
स्रोतले जनाएको हो ।