शम्भु पडिंत जनकपुरधाम । असार १३ गते
महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ मा बेपत्ता भएकी सुजिता ठाकुरको ह९त्या भएको घटनास्थलमै खुलासा भएको छ ।
जेठ १९ मै सुजिता घरबाट बेपत्ता भएकी थिइन् । झण्डै २४ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा ९घरदेखि करिब डेढ किलोमिटर टाढा० उत्खनन गर्दा हत्या भएको केहि प्रमाणहरु फेला परेको हो । खेतमा माटो उत्खनन गर्दा केश, रगतले रातो भएको मोटो, मलखाद र नुन सहित भेटिएको हो ।
शरिर गलाउनका लागि मलदा र नुन प्रयोग गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार ह९त्या बाहिर गरेको र यहाँ ल्याएर माटोमा गाडेको हुनसक्छ । अहिले उत्खनन गर्न बाँकी नै छ । अन्य प्रमाणहरु पनि फेला पर्ने सम्भावना देखिएको छ ।
मधेसी आयोगले घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी उत्खनन गर्दा गर्दै ह९त्या भएको शंका र केहि प्रमाणहरु फेला परेको हो । सुजिताको ह९त्या आफ्नै देबर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरले गरेको आरोप लागेको छ । ह९त्या आरोपी देबर र ससुरालाई समात्न प्रहरी खटिसकेका छन् ।
घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न लागि महिला अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज रायले चासो लिएका छन । आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्न र दोषी ठहर भए कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।