मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ३:५७
१३ मंसिर २०८३ आइतबारबिहान ३:५७ Sunday, November २९, २०२६

सप्तरीको एक प्रत्रकारले एक पत्रकारलाई गरे आर्थिक सहयोग

शेयर००
Listen to this article
2 min listen · 207 words0:00 / 2:00
0:00
2:00


नबीन यादव सप्तरी असार १६ गते
राजविराजमा गठित मानवअधिकार निगरानी समूहले आफ्नो बैठक खर्च एक बिपन्न पत्रकार परिवारलाई उपचारका लागि प्रदान गरेको छ।
शिक्षा,स्वास्थ्य ,खाद्य र आवासको अधिकार संरक्षणका लागी अनौपचारिक स्वा केन्द्र ९इन्सेक०द्वारा गठित निगरानी समूहको बैठकको चियानस्ता खर्च बापत जम्मा भएको पाँच हजार रुपैयाँ राजविराज (९ मलेठकी सियावती मेहतालाई उहाँकै घर पुगेर समूहले प्रदान गरेको हो।
इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुग्नुभएका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गर्नुभयो । मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने ९इएलपी० परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गर्नुभयो ।
उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताउनु भयो । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उहाँले जानकारी दिनु भयो । उहाँका श्रीमान निगरानी समूहका सदस्य एवम् पत्रकार उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।
गाउँमै सबैभन्दा कमजोर आर्थिक अवस्थामा रहेको उहाँको श्रीमानको मृत्युपछि असहाय बन्नुभएको स्थानीय फुलेश्वरीदेबी मेहताले बताउनु भयो । इन्सेक सप्तरीको प्रतिनिधीको कार्यालयमा गत असार १० गते बसेको निगरानी समूहको वैठकले सहयोग रकम प्रदान गर्ने निर्णय गरेअनुसार उहाँको घर पुगेर रकम हस्तान्तरण गरिएको सहजकर्ता दिपक यादवले जानकारी दिनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in