उपेन्द्र गोले रौतहट असार १९ गते
रौतहटमा निरन्तर बर्षाले आएको बाढीले शनिबार ३०—४० घर परिवार विस्थापित भएका छन । सो स्थानमा बाढीको पानी अन्दाजी ३÷४ फिट पानी घरमा पसेको जनाइएको छ । रौतहको इशनाथ नगरपालिकाको बन्जारा औरैयाका ३० घर परिवार अत्याधिक बर्षका कारण आएको बाढीले स्थिापित भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । त्यसैगरि रौतहका नदी तथा खहरे खोलाहरुमा पानीको बहाव बढेपछि दुर्गाभगवती गाउपालिकाको बढहर्वामा रहेका केही घर परिवार विस्थापित हुन गइ बाधमा बस्न बाध्य भएको समेत प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भएको छ । बकैया र झाझ खोलाको पानी दुर्गाभगवती र गौर क्षेत्रमा प्रबेश गरेकाले ति स्थानहरु श्निबार बिहानैबाट जलमग्न भएका छन । त्यसैगरि हुलाकी सडक बम नहर लच्का , सबगढा लच्कामा पानीको बहाव बढेको जनाइएको छ । बागमति खोलाको स्पर नं। १ को मर्मत कार्य जारी रहेको र गढीमाई नगरपालिकाको वडा नम्बर ६ सिगार्वनको पुल , स्पर र बकैया बैरिया बाधमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।