राजिव शाह सर्लाही, असार २४ गते
भूमिहिन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गाधनी लाल पूर्जा प्रदान गर्ने नेपाल सरकारको घोषित उद्देश्य कार्यक्रम अन्तर्गत आज ९बिहीवार० हरिवन नगरपालिकाले वडा नं ९ स्थित सुखेपोखरिबाट जमिनको नाप जाँच तथा नक्शांकन गर्ने कार्यको सुरुवात गरेकोे छ।
वडा नं ९ का अध्यक्ष सीताराम पोखरेलको अध्यक्षता तथा
भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवि ज्ञवालिको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विशिष्ट अतिथि हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईं, प्रदेश माननीय डिल्ली उप्रेती, प्रमुख प्रसासकिय अधिकृत खरुदेव चुडाल , वडा अध्यक्ष लगायत स्थानिय अव्यवस्थित तथा एलानी जग्गा धनीहरुको उपस्थित रहेको नगर प्रमुखको स्वकिय सचिव तथा अनेरास्ववियुका जिल्ला नेता युवराज आचार्यले जानकारी दिए ।
भूमिहिन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गाधनी लालपुर्जा पाउने छन् ।