राजिव शाह–सर्लाही,श्रावण २३ गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले संसदीय विकास कोषको १५ लाख रुपैया बजेट कामनै नगरी कागजमा पास भए पछि स्थानीयबासीहरु आक्रोशित भएका छन् । गाउँपालिका प्रमुख महेन्द्र महतोले भने काम त्यहीँ ठाउमा सम्पन्न गरेको दाबी गरेका छन् । संघीय संसदको १५ लाख बजेट स्थानियले माग गरेको सडक बमोजिम काम नै गरी गाउँपालिका प्रमुख, वडाअध्यक्ष, इन्जिनियर लगायतले काम पुरा गरेको हस्ताक्षर सहितको (प्रतिवेदन) कागज बाहिरिए पछि गाउँपालिका स्थित किसनपुरका स्थानीयहरु गाउँपालिका मार्फत भएको काममा उपभोक्ता समितिले गरेको काम आर्थिक हेनामेना भएको किसनपुरका स्थानीय देन कुमार महतोले बताएका छन् । गाउँको सबैभन्दा पुरानो सडक जिर्ण हुदा स्थानियबासी र कृषकलाई सबैभन्दा पीडित भएका छनै सडकमा बालुवा, गिट्टी, माटो नै नहाली संसदीय विकास कोषको १५ लाखको खर्च भएको स्थानिय अबध रायले बताए । चन्द्रनगर गाउँपालिका प्रमुखले महतोले बिहीवार पत्रकार सम्मेलन गरेर कामको बारेमा आफुहरु त्यहीँबाटोमा रामबृक्ष महतोको घर देखि भैसियाही सम्म रहेको ३ वटा सडक रकम खर्च गरी काम सम्पन्न गरिएको दाबि गरेका छन् । तर पत्रकारहरुको टिम स्थलगत रिपोर्टिङमा पुग्दा दृश्य पालिका प्रमुख भन्दा बास्तबिक फरक पाइयो । आर्थिक बर्ष ०७७÷७८ को संसदीय विकास कोषबाट सांसद प्रमोद साहले स्थानियले आग्रह गरे पछि जिर्ण सडक स्तरोन्नतिका लागि माग बमोजिम बजेट दिएको भए पनि स्तरोन्नतिको काम नभएको र उक्त गाउँपालिकामा सडक ढलान कार्यमा समेत गुनस्तस्तरहिन काम भएको अर्का स्थानीय बिरेन्द्र महतोले गुनासो गरेका छन् । किसनपुरका स्थानीय रामबृक्ष महतोको घर देखि करिव १ किलो मिटर भइसियाही नहर सम्म सडक स्तरोन्नतिमा १६ लाख ७७ हजार १४५ रुपैया ४५ पैसाको काम पास भए पछि स्थानिय आक्रोशित भएका छन् । उक्त वडाका वडा अध्यक्ष बच्चाबाबु राय यादब र वडा सदस्य जुगलकिशोरले समेत काम नभएको भन्दै केही दिन अघि गाउँपालिकामा निवेदन दिएका थिए । तर केही दिनमै वडा अध्यक्ष यादबले विभिन्न प्रलोभनमा परेर ब्यान फेरिएको स्थानिय वडा सदस्य युगलकिशोर रायले आरोप लगाए । रामबृक्षको घर देखी भइसियाही करिव १ कि.मी. सम्म सडक निर्माणमा बिना सहमतीय अर्को ठाउँमा विकास गर्न प्रवधान नरहेको तर त्यस्तो भएको पाइए कार्वाही गर्ने कानुनी ब्यबस्था रहेको छ तर संसदीय विकास कोषको रकम जुन ठाउँको लागि दिएको थियो त्यहाँ काम नगरेर पालिकाले आफु खुशी मनोमानी गरेको उपभोक्ता समितिले आर्थिक चलकखेल भएको भन्दै स्थानीय अगुवाहरुले आपत्ति जनाएको छ । संघीय सांसदको बजेट दुरुपयोग गरे स्थानिय उपभोक्ता कानुनी कार्वाही गर्नुको सट्टा कार्यापालिकाले कार्वाही गर्नुको सट्टा संरक्षणमा देखिए पछि घटनाले स्थानीयहरु आक्रोशित भएका छन् भने स्थानीयले समेत विकास निर्माणमा देखिएको भ्रष्टाचार सत्य तथ्य छानबिनको माग गरेका छन् । गाउँपालिका समेत यो विषयलाई जबर्जस्ती अँखामा खुर्सानी हाल्ने काम गरेको स्थानीय अगुवा तथा नेपाली काङ्ग्रेसका नेता राजकुमार महतोको भनाइ छ ।