रमेश कुमार यादब । रौतहट । श्रावण २८ गते
रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्यारा धरोैटीमा रिहा भएको छ । हनुमान मन्दीरको पुजारी श्रीराम साहलाई हत्या गरेको आरोपमा फरार रहदै आएका देवाही गोनाही नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष शेख नुरुल्लालाई बिहिबार रौतहट जिल्ला अदालतले २ लाख धरोटीमा रिहा गरेका छन् ।२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दीर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए ।घटनाको भोली पल्ट अर्थात भदौ ४ गते विहानै देखि तालिम प्राप्त ४ वटा कुकुरको मद्दत लिई अनुसन्धान गरियो । अनुसन्धानकै क्रममा वारदात स्थल माधवनारायण भएपनि वारदातलाई अन्जाम दिने देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनियाका वडाध्यक्ष शेख नुरुल्लाह सहित सात जना व्यक्तिहरु मिलेर घटना घटाएको प्रहरीको अनुसन्धानमा खुलेपछि सोही अनुसार कत्र्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइयो ।रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहको अनुसार पुजारी हत्यामा संलग्न देवाही गोनाही १ का राजेन्द्र राउत कुर्मी, रामप्रवेश राउत कुर्मी, विकाउ भन्ने महम्मद काशिम र ममताज देवान अझै फरार रहेको उनीहरु भारतमा लुकी बसेको अवस्था रहेको बुझिन आएको छ । पुजारी हत्यामा ७ जना विरुद्ध मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय रौतहटले गर्छ, आरोपित मध्ये रामनरेश पटेल र बाल कुमार पटेललाई पक्राउ गरी अदालतमा पेश गर्दा दुवै जना अहिले पुर्पक्षका लागि गौर कारागारमा छन् ।जिल्ला अदालत रौतहटको ७ नम्वर न्यायाधिश श्यामविहारी मौर्यको एकल इजलाशबाट पुजारी हत्याको मास्टर माइण्ड वडाध्यक्ष नुरुल्लालाई २ लाख नगद धरौटीमा रिहा गर्दा न्याय प्रणाली पैसा वालाको भएको पुजारीको भाई लालबहादुर साहले आरोप लगाए छन ।