राजेन्द्र महतो
सिरहा भदौ ११ गते।
सिरहा प्रहरीले नागरिकता सम्बन्धि मुद्दा र लागूऔषध मुद्वाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बसिरहा भगवानपुर गाउँपालिका -२ का २१ बर्शिय बिष्णुदेव दास र सिरहा धनगढीमाई नगरपालिका -०५ का ५९ बर्शिय राम प्रसाद महरा रहेका छन् ।
दास लाई लागूऔषध मुद्वामा जिल्ला अदालत सिरहाले ५ (पाँच) बर्ष कैद र रु.३,०१,९२५।– (तिन लाख एक हजार नौ सय पच्चीस) जरिवाना तोकेको थियो भने महरालाई २०७०।११।१२ गते नागरिकता सम्बन्धी मुद्वामा ९ (नौ) महिना कैद सजाय सुनाएको थियो ।
लागूऔषध र नागरिकता सम्बन्धी मुद्धामा जिल्ला अदालत सिरहाद्धारा सजाय तोकीएपछि फरार रहेका प्रतिवादिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सिरहामा वुझाई सजाय दाखिला गराइएको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले वताएका छ्न।